भीमसेन मन्दिर र त्रिशक्ति क्लब भवन शिलान्यास

भीमसेन मन्दिर र त्रिशक्ति क्लब भवन शिलान्यास

 कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २३।

काठमाडौँको हाडीगाउँमा ऐतिहासिक भीमसेन मन्दिर र त्रिशक्ति क्लब भवनको शिलान्यास भएको छ । शुक्रवार नेकपा केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभाका सदस्य  नारायण सिलवालले  शिलान्यास गरेका हुन् ।

काठमाडौँ महानगरपालिका वडा नं  ५ हाँडीगाउँमा रहेको भीमसेन मन्दिर पौरणीक र ऐतिहासिक सांस्कृतिक सम्पदाको रूपमा चिनिँदै आएको  सो मन्दिर  पछिल्लो समय जीर्ण बनेको थियो ।

संरक्षणको पर्खाइमा रहेको सो मन्दिरको पुनः निर्माण गर्न जनस्तरबाट माग भए बमोजिम सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद सिलवालको  पहलमा निर्माण हुन लागेको हो ।

परापूर्वकाल देखिको कलात्मक शैलीमा रहेका मठ, मन्दिर, देवल जस्ता सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हाँडी गाउँमा भूकम्पपछि क्षति भएका र वर्षौ पुराना जीर्णोद्धार संरचनाहरूको पुनःनिमार्णको कार्य अगाडी बढिरहेको बेला यस मन्दिरको पनि शिलान्यास भएको हो ।

उक्त शिलान्यास कार्यक्रममा काठमाडौँ ५ का अध्यक्ष रमेश डङ्गोल, नेकपा स्थानीय नेता गणेश श्रेष्ठ, वीरेन्द्र प्रजापति लगायत स्थानीयहरूको सहभागिता थियो ।

तपाइँको प्रतिक्रिया ।