दुर्गतिको दु:खले च्यापिएकी रहिछ ! (गजल )

दुर्गतिको दु:खले च्यापिएकी रहिछ ! (गजल )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २३ /मीना ढकाल 

दुर्गतिको दु:खले च्यापिएकी रहिछ

करुणाको भाबकी किन हुन्थी र ।

 

उम्लिएको पानीमा अनुहार हेर्दै रहिछ

आफनो गल्ती मनमनै किन गुन्थी र ।

 

हजारौं गुणा बढी दु:ख पाएर पनि

सुखको मोहमा बिमुद भएकी रहिछ ।

 

बिस्तारामा आगोलाइ नच्याप भन्दै थिए मत

बेइमानी तीन दिने पाहुना बनेर गइ।

 

बेइमानी को बुदधि नि कस्तो कस्तो

आउन त आइछे फेरि पतै नपाइ कन

खन खनी पैसा गनेर गइ ।

 

बिरक्त मनमा लिएर बसि राथे मत

उल्टै त मेरि सौता भनेर गइ ।

तपाइँको प्रतिक्रिया ।