काैशी खेती (कविता)
कपन अनलाइन
काठमाडौं जेठ २२/ राजेश कुमार सिजापति
काैशी छतमा तर्कारी फूल रोप्न हामी थालाैँ
भान्साबाट निस्कने श्रोत मल बनाई हालाैँ
फूर्सतमा विहान बेलुका हेरविचार गराैँ
काैशीलाई काक्रा फर्सि घिराैलाले भराैँ।
रोजि रोजि माैसमी सागसब्जी लाऔं
आफ्नै घरको ताजा ताजा तर्कारी खाऔं
किन्नु नपर्ने पैसा बचत स्वास्थ्यलाई फाइदा
यो हो है खेर जाने श्रोत ब्यबस्थापनको काइदा।
लसुन प्याज खुर्सानी धनिया तितेकरेला
कर्कलो र गोलभेडा आलु मुला बरेला
स्कुस र रामतोरिया लगाऔं रायोको साग
अल्छि नगरि साथि हो काैशी खेतिमा लाग।।
तपाइँको प्रतिक्रिया ।