इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका एक युवामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २२ /दिपक विक्रम देउजा
सिन्धुपाल्चोक जिल्ला मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा रहेका १ युवकमा कोरना पोजेटिभ देखिएको छ।इन्द्वाती गाउँपालिका वडा नं १० स्थायी घर भएका ती ३२ वर्षको युवक केहि दिन मात्रै भारत बाट आएका थिए।
जेष्ठ १३ गते भारत बाट मेलम्ची आएका उनलाई क्षेत्रीय क्वारेन्टाइनमा राखिएको थियोे प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन।
उक्त युवाको राष्ट्रिय जनस्वास्थ्य केन्द्रमा परिक्षण गरिएको छ भने उनीसंगै आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिंग गरि परिक्षणको तयारी गरिएको छ। कोरोना संक्रमित युवालाई अहिले आइसोलेसनमा राखिएको छ।
सिन्धुपाल्चोक जिल्लमा भारत बाट आएका नागरिकको शंख्या बढे संगै थप सतर्कता अपनाइएको छ ।
तपाइँको प्रतिक्रिया ।