कस्तो दिन आयाे ?(कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २२/सरूमाया पाैडेल
नामै कस्तो यस्काे हजुर डरलाग्दो काेराेना
बच्चा बृद्व महिला पुरूष कसैलाई पनि छाेडेन ।
एक पछि दुई भयाे आज यसकाे संख्या बढ्यौं
दुई महिनाकाे अबधिमा नेपालमा पनि झनै गढ्याे ।
कस्तो दिन आयाे आज घरमा बस्दा राेगले केही गर्दैन
यदि राेग लागेपनि खासै धेरै आत्तिनु पर्दैन ।
ध्यान गराैं याेग गराैं शरिरकाे वजन पनि बढ्दैन
भिडमा नजाऔ घरमा बसाैं अनि राेग पनि सर्दैन ।
नआति्याैं है अब हामी युद्ध जित्नु पर्छ
घरमा बसै झाेलिलाे खाऔ यस्ले हित गर्छ ।
निकाे भए राेगिहरू संख्या पनि बढ्दै छ
सामाजिक दुरि कायम ले धेरै राम्रो गर्दैछ ।
सत्तरी दिन भाे थुनिएकाे बाहिर आउने सुरनै छैन
मान्छेकाे जीवन कस्तो हजुर मर्ने बाच्ने टुंगो छैन ।
बच्चा देखि बृद्ध सम्म सबैलाई यस्ले सतायाे
आत्मनिर्भर भएर बाच्नु पर्छ भन्ने पाठ सिकायाे ।
आज दिन कस्तो आयाे दिउँसै पर्याे रात
राेगले भन्दा मर्ने भए खान नपाई भात ।
रक्षा गर हे भगवान सबै नेपाली जनता
काेराेनाले हाेस उडायाे थिरमा छैन याे मन त ।
लेख्न मन लाग्याे हजुर याे मनका भावना
संक्रमितलाई निकाे हाेस है
यहि छ मन देखि शुभकामना ।