कल्पेश्वर माध्यमिक बिधालय,चम्पादेवी-८ द्वारा टोल शिक्षण अभियान संचालन गर्ने

कल्पेश्वर माध्यमिक बिधालय,चम्पादेवी-८ द्वारा टोल शिक्षण अभियान संचालन गर्ने

कपन अनलाइन

काठमाडौँ, जेठ २२। विश्व ब्यापी महामारी कोरोना भाइरस कोभिड–१९ को कारण लकडाउन लम्बिदैं जाँदा पठन–पाठन ठप्प हुँदै गएपछि विद्यार्थीहरुको पढाई रोकिन नदिन कल्पेश्वर माध्यमिक बिधालय,चम्पादेवी-८,बिलन्दु,  ओखलढुंगाले प्रभाबकारी  कार्यक्रम अगाडी ल्याएको छ ।लकडाउनको  बेलापनि सामाजिक दुरि कायम गर्दै टोल टोलमा पुगी बिद्यार्थीहरुलाई अध्ययन गराउने कार्यक्रम शुरु गर्न लागेको हो ।जस अन्तर्गत  शुक्रबार बाट  बिद्यालयले शिक्षकहरुलाई  शैक्षिक तालिका बनाएर नै टोल  टोलमा पठाउन  लागिएको बिध्यालयका प्रधानाध्यापक रामजी दाहालले बताए ।

उनका अनुसार लकडाउनको अवधिमा घरमा रहेका सरकारी विद्यालयका सबै तहका विद्यार्थीहरुलाई अनलाईन प्रविधिबाट अध्यापन गराउन बिद्यार्थीको पहुँच नपुग्ने हुँदा  टोल शिक्षण अभियान संचालन गर्न लागिएको जानकारी गराउदै  प्रत्येक दिन बिहान  १० :१५ बजे बाट टोल शिक्षण  शुरु हुने र   प्रत्येक दिन २  वटा केन्द्र संचालनमा ल्याई सामाजिक दुरी कायम गरि शिक्षण गरिने बताए  ।उनले  सो अभियान लकडाउन अवधिभर रहने पनि बताए ।

टोल शिक्षण तालिका निम्न अनुसार रहेको छ:

 

 

तपाइँको प्रतिक्रिया ।