रास्ट्रपति निवासमा २७ लाखमा भएको कार्पेटको टेन्डरलाई करोडको प्रचार

रास्ट्रपति निवासमा २७ लाखमा भएको कार्पेटको टेन्डरलाई करोडको प्रचार

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २०।

निरन्तर गलत र भ्रामक प्रचारको प्रहारमा परेको रास्ट्रपति कार्यालय पुन:अर्को गलत सुचना सम्प्रेसनको मारमा परेको छ। देशको सर्वोच्च निकायलाई पटक पटक विवादमा ल्याउन र यसको गरिमा घटाउने उदेस्यले प्रेरित भएर वेला वेलामा भैरहने भ्रामक प्रचारको अर्को शृंखला बनेको राष्ट्रपति कार्यालयको बैठक कक्षमा गलैंचा फेर्ने टेन्डर।

नेपाल मै उत्पादन भएको नेपाली उनि गलैचा सप्लाई गर्नका  कुल २७ लाख ५ ४ हजार  २ सय ३६ रुपैया १८ पैसामा टेन्डर आव्हान गरिएकोमा एकएक बाहिर करोडको गलैचा फेरियो भन्ने समाचार आएको राष्ट्रपति कार्यालयले आश्चर्य प्रकट गरेको छ।

राष्ट्रपति कार्यालयको नयाँ भवनमा विभिन्न बैठक कक्ष, विदेशी अति विशिष्ट पाहुनासँग स्वागत र छलफल लगायत कक्षहरुमा स्वदेशी उत्पादनको प्रवर्धन गर्नका लागि न्युनतम मुल्यमा नेपाली मौलिक उत्पादन राख्न, नेपालीपनको झल्को दिनका लागि उक्त बोलपत्र आव्हान गरिएको थियो।

नेपालमै प्रयोग गर्दा प्रोत्साहन गर्नुपर्ने  घरेलु महासंघको मागलाई सम्बोधन गर्दै नेपाली उत्पादन प्रवर्धन गर्ने र आयातित महंगा सामान प्रयोग गर्ने पुरानो अभ्यास अन्त्य गर्ने प्रयासको स्वागत गर्दै महासंघले गलत प्रचार भएकोमा दुख व्यक्त गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।