माकलबारी युवा क्लबको पहलमा लकडाउन प्रभावितहरुलाई खाद्यान्न सहयोग

माकलबारी युवा क्लबको पहलमा लकडाउन प्रभावितहरुलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौँ, जेठ २० ।कोरोनाका कारणले दैनिक ज्याला मजदुरीको कामकाज गरेर जीवनयापन गर्नेहरुलाई परेको खाद्य संकटलाई सहयोग गर्ने हेतु गोकर्णेश्वर नगरपालिका  वडा नं ८ माकलबारीमा खाद्यान्न सहयोग गरिएको छ । सोमबार बिहान माकलबारी यूवा क्लवको पहल र दाताको सहयोग एवं गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा लकडाउन बाट प्रभावित करिब ५० परिवारलाइ खाद्यान्न सहयोग गरिएको हो । दैनिक मजदुरी गरी जीवन धान्दै आएकाहरु लकडाउनका कारण समस्यामा परेपछि उनीहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।

 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको प्रमुख सन्तोष चालिसे , गोकर्णेश्वर नगरपालिकाको प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय कोषाध्यक्ष किरण केसी,समाज सेवी रोजिना  बिष्ट (रोज) , गोकर्णेश्वर नगरपालिका वडा ८ का कार्यबाहक इकाई सभापती मुक्तिनाथ डोटेल, माकलबारी युवा क्लब अध्यक्ष सुजन थापा, क्लब का पदाधिकारी लगायतको उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो ।

सरकार द्वारा कोरोना भाइरस रोकथामको लागि लागु गरेको  लकडाउनको  कारण खाद्यान्न अभाब भइ समस्यामा परेका मजदुरहरुलाई केहि भए पनि राहत पुगोस भनेर दाताहरुको सहयोगमा प्राप्त खाद्यान्न वितरण गरिएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताए  ।संकटको समयमा खाद्यान्न अभावमा रहेका परिवारलाई यो सानो सहयोग गर्न पाउँदा खुशी लागेको र  संकटको समयमा  एकले अर्कोलाइ सहयोग गर्नु पर्ने बताउदै सो कामको लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए  ।माकलबारी युवा क्लब अध्यक्ष सुजन थापाले विषम परिस्थितिमा सहयोग गर्ने  सहयोगी दाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।