बागमती प्रदेसको निति तथा कार्यक्रम पारित

बागमती प्रदेसको निति तथा कार्यक्रम पारित

कपन अनलाइन

काठमाडौं , जेष्ठ १४।

बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले राखेका सवै संशोधन प्रस्ताव अस्वीकृत गर्दै प्रदेश सभाले आज बुधबार बहुमतले पारित गरेको हो । प्रदेश सभामा प्रदेश सभा सदस्य रमेश पौड्याल, निमा लामा, पुकार महर्जन, प्रभात तामाङ, राधा घले, रिता माझी, रिना गुरुङ र शोभा शाक्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

प्रदेश सभा सदस्य रमेश पौड्याल र रिना गुरुङले प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रदेश सभा सदस्य शोभा शाक्यले महिलाको पाठेघरको क्यान्सरको निशूल्क उपचार हुने भन्ने विषय नीति तथा कार्यक्रममा समावेश गर्न संशोधन दर्ता गराउनुभएको थियो भने प्रदेश सभा सदस्य रिता माझीले ३० वर्षभन्दा बढी उमेरका महिलाको स्तन तथा पाठेघरको हरेक वर्ष निशूल्क परीक्षणको व्यवस्था हुने कुरा नीति तथा कार्यक्रममा समेट्न माग गर्दै संशोधन दर्ता गराउनुभएको थियो ।

यस्तै नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले सहभागिता जनाएका थिए । प्रदेश सभा सदस्यले छलफलका क्रममा प्रस्तुत गरेका विषयमा मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।