महानगरीय प्रहरी प्रभाग सुन्दरीजल लाइ एन टि ए अध्यक्ष अशोक खड्का द्वारा मास्क सहयोग

महानगरीय प्रहरी प्रभाग सुन्दरीजल लाइ एन टि ए अध्यक्ष अशोक खड्का द्वारा मास्क सहयोग

कपन अनलाइन

काठमाडौं,जेठ १४। कोरोना भाइरस (कोभिड १९) का कारण खाद्यान्नको समस्या भोगिरहेका ब्यक्तिहरुलाई खाद्यान्न सहयोग गर्दै आइरहेको नेप्लिज तेक्वान्डो एकेडेमी (एनटीए) का अध्यक्ष समेत रहेका अशोक खड्काले आफ्नो व्यक्तिगत खर्चमा  आज गोकर्णेश्वर नगरपालिका १ स्थित महानगरीय प्रहरी प्रभाग सुन्दरीजलमा  कार्यरत प्रहरीहरुको लागि मास्क सहयोग गरेका छन  ।

 

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सामग्री अन्तर्गत KN95 मास्क ७ थान र नर्मल मास्क २५ थान सहयोग गरेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्ष अशोक खड्काले बताए। उक्त सामग्री उनले महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक  अर्जुन गिरीलाई  आज हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी आज नै उनले महानगरीय प्रहरी बिट माकलबारीलाइ पनि मास्क सहयोग गरेका छन । उनले सो बिटका कार्यलय प्रमुख प्रहरी सहायक निरीक्षक लोकेन्द्र गिरीलाई  ७ थान KN95 मास्क र नर्मल मास्क २५ थान हस्तान्तरण गरेका हुन ।अशोक खड्काका अनुसार अहिलेको अबस्थामा प्रहरीले रातदिन नभनेर डिउटीमा खटिनुपर्ने र कतिबेला भाइरसले संक्रमण हुन्छ थाहा नहुने भएकाले प्रहरीलाई जोखीमबाट बच्नका सानो भए पनि मास्क सहयोग गरेको बताए।

उनले आज आफ्नो जन्म दिनको अवसर पारेर लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउँन खटिएको प्रहरीलाई मास्क सहयोग गरेको पनि बताए ।उनले रात दिन नभनी ड्युटीमा खटिएका सुरक्षाकर्मिहरुको मनोबल बढाउन सबैले  सहयोग गर्नु पर्ने बताउदै आगमी दिनमा पनि सहयोग जारी रहने बताए।  सामग्री ग्रहण गर्दै महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक अर्जुन गिरि र माकलबारी प्रहरी बिटका प्रमुख लोकेश गिरिले सहयोगको लागि धन्यवाद दिएका थिए । उनीहरुले सो मास्क प्रभागमा कार्यरत प्रहरीहरुलाई वितरण गरेका थिए  ।

फोटो:सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।