चोरी भएको स्कुटर एक घण्टामा नै बरामद गर्न सफल माकलबारी प्रहरी बिट

चोरी भएको स्कुटर एक घण्टामा नै बरामद गर्न सफल माकलबारी प्रहरी  बिट

कपन अनलाइन

काठमाडौं जेठ १४ ।महानगरीय प्रहरी बिट माकलबारीले चोरीको स्कुटर सहित दुइ जनालाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका भावती स्थान बाट गए राति चोरी भएको बा ५५ प ७७९५ र बा ५६प ८३२२ नम्बर को स्कुटर माकाल बारी क्षेत्र बाट चोर सहित  पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बिटका कार्यलय प्रमुख प्रहरी साहयक निरीक्षक लोकेन्द्र गिरि सहितको कमाण्डमा खटिएको टोलीले दुइ वटा स्कुटर सहित उज्वल लामा र सन्जिब वाइवालाइ चोरी भएको एक घण्टामा नै नियन्त्रणमा लिन सफल भएको  हो।  निजहरु माथि थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी सहायक निरीक्षक  लोकेन्द्र गिरीले बताए ।लकडाउनको मौका पारि चोरहरु सक्रिय रहेको भन्दै प्रहरीले थप सक्रियता बढाएको पनि उनले बताए ।

तपाइँको प्रतिक्रिया ।