सुनौलो पाइला संस्था गोकर्णेश्वर ९ लाइ नेपाल मेडिकल कलेज शिक्षण अस्पताल आधिकारिक ट्रेड युनियन बाट खाद्यान्न सहयोग

सुनौलो पाइला संस्था गोकर्णेश्वर ९ लाइ  नेपाल मेडिकल कलेज शिक्षण अस्पताल आधिकारिक ट्रेड युनियन बाट खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौँ,जेठ १३। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोल स्थित सुनौलो पाइला संस्थामा आश्रय लिइरहेका बालबालिकाहरुको लागि खाद्यान्न सहयोग गरिएको छ । नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (आधिकारिक ट्रेड युनियन )को अध्यक्ष किरण केसीको पहल र आधिकारिक ट्रेड युनियन कै सचिव उमेश कार्की र कोषध्यक्ष सुरेश काफलेको सहयोगमा खाद्यन्न सहयोग  सोमबार संस्थामा पुगी ५ बोरा चामल सहित को खाद्यान्न सहयोग गरिएको हो ।

कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेको अवस्थामा सो संस्थालाई  खाद्यान्न सहयोग गरिएको हो । अध्यक्ष किरण केसीका अनुसार लकडाउन लम्बिदै जाँदा असहाय, अपाङ्गता, फरक क्षमता भएका तथा दैनिक ज्यालादारीबाट गुजारा चलाउने व्यक्तिमा परेको समस्यामा सुल्झाउनको लागि आफ्नो पहलमा सकेको सहयोग गरेको र यो क्रम जारि रहने पनि बताएउनले संकट को समयमा सबै जना एकजुट हुनुपर्नेमा जोड दिदै संकटमा निहित स्वार्थ भन्दा माथि उठेर सहयोग गर्नुपर्ने धारणा ब्यक्त गरेका छन ।उनले संकटमा सेवा गर्नु मानवीय दायित्व भएको पनि बताएका छन ।सो सामग्री ग्रहण गर्दै संस्थाकी अध्यक्ष रोजिना बिष्ट रोजले विषम परिस्थितिमा गरिएको सहयोगको लागि धन्यवाद ब्यक्त गरेकी छिन । उक्त संस्थामा हाल १५ जना अभिभावक बिहिन बालबालिकाहरुले आश्रय लिदै आएका छन ।

 

तपाइँको प्रतिक्रिया ।