राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति स्मारक जगडोलमा युनेस्को ग्राम निर्माण तथा व्यवस्थापन गर्न सम्झौता आदानप्रदान

राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति स्मारक जगडोलमा युनेस्को ग्राम निर्माण तथा व्यवस्थापन गर्न सम्झौता आदानप्रदान

कपन अनलाइन

काठमाडौँ,जेठ १३। राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति स्मारक यज्ञडोल जगडोल सामुदायिक बनको १४ औं स्थापना दिवसको अवसरमा शिक्षा  बिज्ञान तथा प्रबिधि मन्त्रालय युनेस्कोका निमित्त राष्ट्रिय आयोगको सचिवालय र राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक)यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समिति गोकर्णेश्वर नगरपालिका ४ जगडोल बीच  युनेस्को ग्राम निर्माण तथा व्यवस्थापन गर्ने समबन्धमा सम्झौता पत्र (MOU)आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

 

राष्ट्रिय शहीद  तथा शान्ती पार्क मा भएको सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा सहायक महासचिब युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालय का डा.बाबुराम अधिकारी,जिल्ला समन्वय समिति  काठमाडौंकी सदस्य सान्नानी लामा युनेस्को का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सदस्य खगराज पौडेल गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, युनेस्को का निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालय शाखा अधिकृत कुमार  बस्नेत लगायत बनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो  ।

सामाजिक दुरी कायम गरि संचालन गरिएकोकार्यक्रमको अध्यक्षता यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवद्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले गरेका थिए  भने कार्यक्रम संचालन राजकुमार केसीले गरेका थिए ।कार्यक्रममा एक मिनेट शहीदहरु प्रति एक मिनेट मौन धारण गरिएको थियो भने सो कार्यक्रमको उद्घाटन नगर प्रमुख सन्तोष चालिसेले पानसमा दिप प्रज्वलन सहित गरेका थिए।कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य सानान्नी लामाले स्वागत मन्तब्य राखेकी थिइन् ।

कार्यक्रममा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको तर्फ युनेस्कोका निमित्त राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिब डा.बाबुराम अधिकारी र राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समिति गोकर्णेश्वर नगरपालिका ४ जगडोल का अध्यक्ष सुदर्शन सिग्देलले  युनेस्को ग्राम निर्माण तथा व्यवस्थापन गर्ने समबन्धमा सम्झौता पत्र आदान प्रदान गरेका थिए  ।

उक्त सम्झौता पत्र अनुसार नेपाल सरकार शिक्षा  बिज्ञान तथा प्रबिधि मन्त्रालय युनेस्कोका निमित्त राष्ट्रिय आयोगको सचिवालय ( यस पछि प्रथम पक्ष  भनिने गोकर्णेश्वर नगरपालिका वडा नं ४  यज्ञडोल जगडोल सामुदायिक बन स्थित   राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समिति दोस्रो पक्ष  भनिने बिचमा उक्त  राष्ट्रिय शहीद तथा शान्ती पार्क निजामति स्मारक पार्कको भौगोलिक क्षेत्र भित्र नेपाल सरकार मन्त्रिपरिषद् सामाजिक समितिको मिति २०६९ /१/४ को अनुसूची १ को निर्णय नं ५ बमोजिम पार्कमा जैविक बिविधता ,बन र वातावरण समबन्धी शैक्षिक सुचना एबम जानकारीको व्यवस्था भए अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं ४ जगडोलमा

युनेस्कोका निमित्त निमित्त नेपाल  राष्ट्रिय आयोगको विधानको आठौ संसोधन २०७६ दफा ४ आयोगको उदेश्य र राष्ट्रिय शहीद तथा शान्ती पार्क निजामती स्मारक यज्ञडोल जगडोल सामुदायिक बन  पर्यापर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन कार्यविधि २०७६ पुनरावलोकन २०७६ बमोजिम कार्यहरुमा सहयोग आदानप्रदान तथा सहजीकरण गर्न नेपाल सरकार माननीय मन्त्रीस्तरको मिति २०७७ /१/ १६  गते  निर्णयअनुसार स्वीकृत  भएकोले  आवश्यक कार्यार्थ एबम बन ऐन २०६७ प्रमाणीकरण  मिति २०७६/६/२७ बन सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्न बनेको ऐन परिच्छेद ९ को दफा ३४ बमोजिम प्रक्रियाहरु अवलम्बन गरि स्वीकृत बन कार्य योजना तथा गुरुयोजनाले निर्दिष्ट गरेको कार्यहरु साझेदारीमा गर्ने गराउने सर्तहरुको अधिनमा रही दुवै पक्ष बीच सम्झौता (MOU )  सहमत भइ युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय  राष्ट्रिय शहीद तथा शान्ती पार्क निजामति स्मारक यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समिति बीच सम्झौता पत्र को एक एक प्रति आदानप्रदान  गरिएको थियो ।

सो पार्क भित्र अध्यन केन्द्रको स्थापन हुनेछ सो केन्द्र भित्र युनेस्कोका ५ वटै क्षेत्रहरु शिक्षा,, बिज्ञान प्रबिधि,  संचार र समाज बिज्ञान संग समबन्धित बिषयहरुमा केन्द्रित तालिमहरु ,अनुसन्धान तथा अन्वेषण र आविष्कारको लागिआवश्यक  पर्ने मुलभूत कुराहरु व्यवस्थापन गर्नेछ त्यस्तै नेपालमा रहेका मौलिक बिषयहरु   योग ध्यान बिभिन्न संस्कृतिहरु ,जडिबुटीहरु संग सम्बन्धित अध्ययन अनुसन्धान गर्न युनेस्कोको क्याटगोरी २ केन्द्र को स्थापना गरिनेछ।

त्यसै गरि राष्ट्रिय क्षेत्रका सबै उमेर समूहका ब्यक्तिहरुलाई उपयुक्त हुने युनेस्कोको आदर्शहरु र ४ वटा क्रियाकलापहरु हरियाली ,सरसफाइ ,शान्ति र सुरक्षामा केन्द्रित रहेर बनाउन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडोल जगडोल  सामुदायिक बनको अवधारणा उदेश्य एबम निर्णय सिफारिसमा नीति निर्माण तर्जुमा गर्दै युनेस्को पार्क बनाइने भएको छ। उक्त कार्यहरुमा

१)युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सहायक  महासचिब: अध्यक्ष

२ )  यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष :कार्यकारी उपाध्यक्ष

३)शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय प्रतिनिधि १ :सदस्य

४)युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका अध्यक्ष एबम माननीय शिक्षा  बिज्ञान तथा प्रविधि मन्त्रि ज्यु बाट मनोनित १ :सदस्य

५ ) युनेस्को संग समबन्धित बिषयहरुमा कार्य गरिरहेका ब्यक्तिहरु मध्ये बाट युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय बाट मनोनित १ :सदस्य

६ )नेपाल युनेस्को संघ संस्था तथा क्लबहरुको राष्ट्रिय महासंघका अध्यक्ष १ :सदस्य

७ यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समिति प्रतिनिधि ३ जना सदस्य

८ युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सचिब सदस्य हुनेछन ।

कार्यक्रम मा प्रमुख अतिथिको रुपमा बोल्दैगोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले नगरपालिकाके समस्त सो कार्यलाई सकेको सहयोग गर्ने बताए। उनले धेरै जनाको सहयोगको कारण सो पार्क अहिले सम्मको स्थितिमा आउन सकेको बताए ।उनले शान्ति मन्त्रालय खारेज भए पछि झन् अफ्ट्यारोमा परेको पनि बताए ।

उनले स्थानीय तह बनेको नै तीन वर्षा बितेको र त्यसमा पनि पार्कले गति लिन नसकेको अवस्थामा आजशिक्षा मन्त्रीज्यु को अध्यक्षतामा रहेको  युनेस्को संस्थाले पार्कलाइ मुर्त रुप दिनको लागि जुन कार्य अगाडी बढाउन लागिएको छ। त्यसमा आफु खुसि भएको बताए। उनले बिभिन्न खरिद प्रक्रिया, र ठेकदारको कारण पनि पार्कले गति लिन नसकेको भन्दै अब सो पार्कलाइ पूर्ण गर्नको लागि फास्ट ट्रयाक बाट काम गर्नु पर्ने धारणा राखेका थिए।  उनले कोरोनाको विषम परिस्थितिका बाबुजुत पनि निर्माण कार्यलाइ अघि बढाउन खेलेको भूमिका प्रति सबैलाई धन्यवाद दिदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए।

सभाध्यक्षको आसन बाट बोल्दै  अध्यक्षता यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवद्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले विषम परिस्थितिमा पनि उपस्थित भएका सबैलाई धन्यबाद दिदै सबैको सहयोगको कारण पार्क आजको स्थिति सम्म आइपुगेको बताए। उनले धरै कारणले गर्दा पार्क निर्माणमा ढिलाई भएको जसमा बन ऐन, सार्वजनिक खरिद प्रक्रिया, ठेकदार , भूकम्प , मन्त्रालय खारेज लगायत विविध कारणले पार्क निर्माण सुस्त भएको बताए, तर पनि अब पार्कले गति लिनेमा आफु बिस्वस्त भएको र सबैको साथ् र सहयोग आवश्यक रहेको बताउदै युनेस्कोले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

फोटो :सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।