गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा बासीलाई अपिल

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा बासीलाई अपिल

कपन अनलाइन

काठमाडौं,जेठ १३। गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले सम्पूर्ण वडाबासीहरुमा अपिल गरेको छ ।वडा अध्यक्ष श्री कुमार श्रेष्ठका अनुसार    आज जेठ १३ गते बसेको वडा समितिको बैठकको निर्णय अनुसार कोभिड १९  बाट संक्रमित क्षेत्र किसिगाल , संक्रमिकको घर देखि वरपर ५ सय मिटर सम्म मिति २०७७/ जेठ १५ गते सम्म अनावश्यक हिडडुल गर्न र व्यवसाय संचालन गर्न निषेध गर्ने निर्णय गरेको  जानकारी गराए  ।

साथै  उनले वडा भित्र रहेका ब्यापार व्यवसाय गरिरहेकाहरुलाई सामाजिक दुरी कायम गरेर अत्यावश्यक सेवाका व्यवसाय मात्र संचालन गर्न अनुरोध गरिनुको  साथै व्यवसाय संचालकहरुले स्यानीटाईजरको अनिवार्य व्यवस्था गर्न समेत अनुरोध गरेको बताए । त्यसै गरि उनले  व्यवसाय संचालन हुने समय बिहान ६ बजे देखि  बिहान ९ बजे सम्म मात्र संचालन गर्न पाइने पनि  जानकारी गराउदै सो सम्बन्धि वडाले सार्वजनिक सुचना मार्फत जानकारी गराएको बताए ।

तपाइँको प्रतिक्रिया ।