टोखा नगरपालिका वडा नं ३ र ६ का केहि क्षेत्र सिल

टोखा नगरपालिका वडा नं ३ र ६ का केहि क्षेत्र सिल

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १३।

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिए पछी नगरपालिकाका केहि क्षेत्रमा उच्च सतर्कता अपनाउदै सिल गरिएको छ।

टोखा नगरपालिका वडा नं ३  र  ६ का टोखा बजार जाने उकालो  र  धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएपछी ति क्षेत्रलाई सिल गरेर कन्ट्रयाक्ट ट्रेसिंग गरिने नगर प्रमुख प्रकास अधिकारीले बताएका छन।

नगरपालिकाका प्रमुख अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको र अन्य क्षेत्रमा पूर्ववत अवस्था रहेको बताउदै पुरै नगरपालिका सिल भएको सुचना गलत भएको कपन अनलाइनलाई जानकारी दिएका छन ।

 टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।

तपाइँको प्रतिक्रिया ।