बन्दाबन्दी ! (कविता)

बन्दाबन्दी ! (कविता)

कपन अनलाइन 

धादिंग ,जेष्ठ १२ /सीता ढुंगाना

बन्दाबन्दी यति गरिदियौ कि मनमै गर्यौ बन्द
गाउँ शहर सब घर घर थुनेर गर्यौ उदण्ड ।

हल्ला छैन बाहिर सुनसान राखेर सडक खाली
प्रकृति पनि उन्मादले हासिन बन्दाबन्दीमा यसपाली ।

चराहरुले बैँस फिंजाए यी फुलहरु मुस्कुराउँदा
कालोपत्रे बैजनी भयो ती फुल माथी चरा नाच्दा ।

भए रातो, पहेलो अनि सेतो थुप्रै सडकका पेटि
लाग्यो मन मग्मगाउन सगैँ साक्षत तिमिलाइ भेटी ।

यता गाउँमा कति सुहाएको घर भरी जहान भरिँदा
बाआमाको रोग आधी घट्यो काखमा नातिना पाउँदा ।

पाखाहरु खनजोत भए प्राय बिउबिजन अंकुराए
यतै टिक्ने थिय पहलमान पाखुरा कृषिले मूल्य पाए ।

बालक, वृद्ध, प्रकृति सब देखिन्छन निस्फिक्री हर्षमा
यिनलाई हेर्दा लाग्छ बन्दाबन्दी गर्दिउँ एकचोटी बर्षमा ।

यिन्लाइ हेर्दा लाग्छ बन्दाबन्दी गर्दिउँ एकचोटी बर्षमा ।

(कवीयत्री ढुंगाना गजुरी गाउँपलिकाकी उपप्रमुख हुन् )

तपाइँको प्रतिक्रिया ।