इन्द्रावती गाउँपालिका वडा -४ एक हप्ता सिल

इन्द्रावती गाउँपालिका वडा -४ एक हप्ता सिल

कपन अनलाइन

सिन्धुपाल्चोक , जेष्ठ ११/ दिपक विक्रम देउजा

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा -४ एक हप्ताको लागी सिल गरिएको छ।

उक्त वडाका एक ब्यक्तिमा RDT पोजिटिभ देखिए संगै उक्त वडा सिल गरिएको हो।

आईतबार गाउँपालिका प्रमुख बंशलाल तामाङको अध्यक्षतामा बसेको कोरना नियन्त्रण तथा विपत्त व्यवस्थापन समितिको बैठकले एक हप्ताको लागि वडा ४ तथा नवलपुर क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

केही दिन अगाडि एक जना ब्यक्ति आफन्त  उपचारको निम्ति केही दिन भक्तपुर अस्पताल बसेर आएका  थिए ।

तिनै  व्यक्तीमा कोराना संग मिल्दो जुल्दो लक्षण देखा परे पछि RDT परिक्षण गर्दा पोजेटिभ देखिए पछि यो निर्णय गरिएको हो।

तपाइँको प्रतिक्रिया ।