गोकर्णेश्वर नगरपालिकामा कोभिड १९ रोकथाम तथा सचेतनाको लागि स्वयम सेवकहरुलाई प्रशिक्षण

गोकर्णेश्वर नगरपालिकामा कोभिड १९ रोकथाम तथा सचेतनाको लागि स्वयम सेवकहरुलाई प्रशिक्षण

कपन अनलाइन

काठमाडौँ, जेठ११। गोकर्णेश्वर नगरपालिकामा कोभिड १९ रोकथाम तथा सचेतनाको लागि स्वयम सेवकहरुलाई प्रशिक्षण दिइएको छ ।गोकर्णेश्वर स्थित मोसेस क्लबको चौरमा सामाजिक दुरी कायम गरि भएको सो कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका स्वयम सेवक परिचालन संयोजक दिपक लामाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे त्यसैगरि बिशेष अतिथिको रुपमा महानगरीय प्रहरी वृत्त बौद्दका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की, हेल्थ कन्सर्नका डाक्टर सुबास प्याकुरेल , नगर प्रवक्ता एबम गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल , वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी ,लगायत  २ सय भन्दा बढी  स्वयमसेवकहरुको उपस्थिति रहेको थियो।कार्य्रक्रम  संचालन शम्भु प्रसाद अधिकारीले गरेका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका स्वयम सेवक परिचालन संयोजक दिपक लामाले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै स्वागत मन्तब्य राखेका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै कोरोना भाइरस रोकथाम तथा सचेतना अभिबृद्दीको लागि स्वयं सेवकको ठुलो भूमिका हुने उल्लेख गरे । उनले गोकर्णेश्वर नगरपालिकामा समेत सक्रमित फेला परे संगै अब कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने बताए ।उनले गोकर्णेश्वर नगरपालिका भित्र बिभिन्न सहयोगी दाताको सहयोगमा राहत बितरण गरेको जानकारी गराउदै खाना खुवाउने अभियानमा पनि सबैको सहयोग प्राप्त भएको बताए।

उनले त्यस्तै सहयोग अब कोरोना रोकथामको लागि प्राप्त हुने बिश्वास ब्यक्त गरे। उनले  यस कठिन परिस्थितिमा सबै एक आपसमा मिलेर पारस्परिक सहयोगको आदानप्रदान गर्नु महत्वपूर्ण हुने पनि बताए । उनले कोरोना रोकथामको लागि ढिलो गर्न नहुने बताउदै समयमा कुनै पनि कार्यक्रम गर्न नसकेको खण्डमा पछि पछुताउनु बाहेक केहि पनि नहुने भन्दै मुलकमै पहिलो नगरपालिका जसले हजारौ जना साथीहरुको सहयोगमा प्रहरी संगको समन्वयमा नगरपालिकाको सिस्टममा रहेर नगरपालिकालाइ कोरोना मुक्त बनाउनको लागि साहस बोकेरे स्वयम सेवकको रुपमा काम गर्न तयार भएकोमा खुसि ब्यक्त गर्दै धन्यवाद दिएका थिए।

 उनले स्वयम सेवकको दस्ता रात दिन नभनी परिचालन हुनुपर्ने अवस्था पनि हुन सक्छ भन्दै उनले स्वयसेवकहरु संग नगरपालिकाको टोलि जनप्रतिनिधि,  प्रहरी सधै नै संगै हुने पनि जानकारी गराए। उनले स्वयम सेवकहरुलाई संयमता समेत अपनाउनु पर्ने बताए। उनले कतै कुनै सानो गल्ति भएमा दुर्घटना निम्त्याएमा त्यसले  उल्टो असर गर्ने  हुँदा संयमित भएर काम गर्न अनुरोध गरेका थिए । उनले कुनै बेला  धेरै आलोचना पनि हुने हुदा त्यस्ता आलोचनाका बीच पनि संयम भएर काम गर्नुपर्ने बताउदै  उनले सहनशील भएर काम गर्न समेत प्रेरित गरेका थिए। उनले अरुले समेत अनुसरण गर्न सक्ने गरि काम गर्न स्वयम सेवकहरुलाई अनुरोध गरेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त बौद्दका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीले जोशिला युवाहरु जो स्वयम सेवकको रुपमा खट्नको लागि तयार भएर आएका सबैलाई स्वागत सहित कार्यक्रम आयोजना गरेकोमा नगरपालिका प्रति आभार ब्यक्त गरेका थिए ।उनले त्यी  युवाहरु जो हिजो कोठा भित्र इन्टरनेट चलाएर मोबाइल चलाएर सरकारी सेवा अथवा कुनै पनि सेवा नगरपालिकाका प्रहरी सरकार अथवा जुनसुकै निकायहरुलाई हेरेर कमेन्ट गर्ने र स्ट्याटस लेख्नु र फिल्डमा खटिएर काम गर्नु धेरै अन्तर रहेको बताए। उनले आलोचना गर्न बहुत सजिलो हुन्छ तर जब फिल्डमा उत्रेर काम गर्नुपर्छ त्यहा धेरै खालका नसोचेका अकल्पनीय चिजहरु संग इनकाउन्टर हुने बताउदै त्यस्तो अवस्थामा संयमित भएर अघि बढ्नुपर्ने बताए । उनले प्रहरीले त्यस्तो अवस्था धेरै सामना गरेको पनि बताए।  उनले स्वयं सेवकले लगाएको पोशाकमा नेपाल सरकार ,नगरपालिकाको लोगो भएको हुँदा फिल्डमा खटिदा सोहि लोगोको कारण  नेपाल सरकार अथवा नगरपालिका प्रति चित्त नबुझेका  आक्रोश समेत खनिन सक्ने भएकोले त्यसको लागि मानसिक रुपले तयार हुन जरुरी रहेको बताए।स्वयं सेवकको रुपमा खटिने भनेको राज्यको कानुन हातमा लिने  कुनै पनि हालतमा  नभएको स्पष्ट पारेका थिए। कसैलाई पनि खानतलासी गर्न नहुने कुनै पनि मान्छे काममा हिडेकालाइ बाधा अवरोध त्यर्साएर केर कार गर्न नहुने पनि बताउदै सेवाको लागि स्वयं सेवक भएको हुँदा  कानुन कार्यन्वयन गराउनको लागि स्वयम् सेवक  नभएको पनि स्पष्ट पारेका थिए ।

स्वयम् सेवकहरुले नगरपालिकाका बिभिन्न बहुआयामिक कामहरु छन् त्यसमा सपोर्ट गर्ने स्वास्थ्य क्षेत्रमा जटिल समस्याहरु धेरै भएको हुँदा त्यसमा सहयोग गर्ने,सुरक्षाकर्मीहरुलाई सहयोग गर्ने त्यस बाहेक पनि धेरै कामहरु रहेको जसको कार्यविधि नगरपालिकाले बनाई सकेको छ ,त्यसमा सहयोग गर्न पर्ने बताए ।उनले स्वयं सेवकले पनि स्वयं सेवक शब्दको बद्नाम नहुने गरि कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।उनले स्वयं सेवक दस्ता परिचालन पनि कानुन सम्वत् भएको जानकारी गराए। उनले विपद व्यवस्थापन ऐन २०७४ ले महामारीको समयमा स्वयम सेवक पनि खटाउन सकिने छ भनेर ऐनमा नै व्यवस्थापन भएको बताउदै कानुन संवत भएता पनि त्यस पछि के गर्न पाउने के गर्न नपाउने भनेर छुट्टाछुट्टै हुने बताए।  उनले त्यसलाइ ध्यानमा राख्न पनि अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै ह्ल्थ कर्न्सनका डाक्टर सुबास प्याकुरेलले कोभिड १९ कोरोना भाइरसको बारेमा जानकारी गराएका थिए उनले प्रोटेक्ट योर सेल्फ टु प्रोटेक्ट अदर्स भन्दै पहिला आफु सुरक्षित भएर मात्र आरुलाई सुरक्षित राख्न सकिने बताए। उनले स्वयम् सेवकको मुख्य दायित्व आफु संगै परिवार र छरछिमेकलाइ सुरक्षित राख्नु रहेको बताए।  उनले समाजमा कोभिडका बिरामीलाइ हेयको भावनाले हेर्ने  शिलशिलामा उत्पन्न भएको परिस्थितिले निम्त्याउने स्थिति चाहि भयावह हुने आकलन रहेको बताए ।उनले त्यसमा जनप्रतिनिधिमात्र केहि लाग्दैन, प्रहरी प्रशासनको मात्र केहि नलाग्ने ,नेपाली सेना उत्रिएर पनि नसक्ने , राज्य सम्पूर्ण  लाग्दा पनि नसक्ने भएर पहिलो भूमिका भनेको नागरिकको हुने र ब्यक्ति ब्यक्ति र परिवारको हुने बताए ।उनले नागरिक संविता समेत बाचन गरेका थिए  ।

कोभिड १९ रोक थाम र नियन्त्रण समबन्धि निर्देशन र अनुरोध पालना गर्न तयार हुनेछु ।आफ्नो पेशा र क्षमताले भ्याए सम्म आफु सुरक्षित रहदै कोभिड व्यवस्थापन सघाउन तयार रहने छु । त्यस्तै उनले यस विषम परिस्थितिमा खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,संचारकर्मी र स्वयं सेवी प्रति उच्च सम्मान ब्यक्त गर्नु पर्ने ,कोभिड बिरामी र सम्भावित संक्रमित ब्यक्तिहरु प्रति कदापी नकारात्मक दृष्टि राख्ने छैन बल की मानवता स्नेह,र बन्धुत्व प्रकट गर्नुछु । म आफुमा कोरोना संक्रमणको सम्भावना देखिदा साथ जिम्मेवार पुर्वक छरछिमेक जनप्रतिनिधिर नजिकका स्वास्थ्यकर्मीलाई खबर गर्नेछु र परिवार तथा समाजलाई सुरक्षित राख्न मदत गर्नेछु ।उनले स्वयं सेवकले कन्ट्याक्ट ट्रेसिंगमा सहयोग पुराउनु पर्ने, एम्बुलेन्स व्यवस्थापन,कोरोना परिक्षण गर्ने ठाउमा सहयोगी भूमिका खेल्नेछु । ,बिरामी ट्रान्सफर र क्वारेन्टाइन राख्नेमा पनि तालिम पश्चात सहयोगी भूमिका खेल्ने रहेको बताए  ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।