इ- भोटिंग मार्फत लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नयाँ नेतृत्व चयन सम्पन्न

इ- भोटिंग मार्फत लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नयाँ नेतृत्व चयन सम्पन्न

कपन अनलाइन

काठमाडौँ,जेठ ११। लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए वान नेपालको आठौं महाधिवेशन बाट डिष्ट्रिक्ट गभर्नर मा लायन टंक बहादुर श्रेष्ठ चयन भएका छन भने  फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन रेवत बहादुर कार्की र  सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन कर्मा गुरुङ  चयन भएका छन । कोरोना प्रकोपका कारण लकडाउनको अवस्थामा लायन वर्ष २०२०/२१ का लागि लायन पवन कुमार शर्माको सहयोगमा तयार पारिएको सर्भर मार्फत ५२९ जना मध्ये ५०३जना  आधिकारिक मतदाताले नयाँ नेतृत्व चयनका लागि भोट गरेका थिए  ।

शनिबार जुम क्लाउड मिटिङ (Zoom Cloud Meeting)  मार्फत गरिएको सो महाधिवेशनबाट सन् २०२०-२१ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा लायन टंक बहादुर श्रेष्ठ, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन रेवत बहादुर कार्की र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन कर्म गुरुङ्ग विजय भएका हुन्  ।

विश्वभर फैलिएको कोरोना  भाइरसका कारण यस वर्ष इलेक्ट्रोनिक मतदान गरिएको ग्लोबल सर्भिस टिम (जिएसटी) डिस्ट्रिक को-अर्डिनेटर तथा लायन्स क्लब काठमाडौं राइजिङ्ग सनका पूर्वअध्यक्ष रमेश लामाले कपन अनलाइनलाइ जानकारी गराए  ।

डिष्ट्रिक्ट गभर्नर पदमा लायन टंक बहादुर श्रेष्ठलाई ४८७ ‘एस’ भोट प्राप्त भएको थियो  भने १६ नो’ भोट खसेको थियो   । त्यसैगरि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन रेवत बहादुर कार्कीलाई ४७९ ‘एस’ भोट, २४ नो भोट खसेको पनि उनले जानकारी गराए  ।

त्यसैगरि सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर दुई उम्मेद्ववार मध्ये लायन कर्म गुरूङले ४२२ (८३.८९ प्रतिशत) मत प्राप्त गरेर विजय भएका छन् । सोही पदका अर्का उम्मेदवार दिपेन्द्र शाक्यलाइ  ८१ भोट (१६.१० प्रतिशत) मत  प्राप्त भएको बताए  ।

निर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन टंक बहादुर श्रेष्ठले कोरोना भाइरसको महामारीका बीच पनि भर्चुअल महाधिवेशन सफल गराएकोमा  डिस्ट्रिक गभर्नर राजन खत्री र लायन्स लिडर तथा सदस्यहरुलाई विशेष धन्यबाद दिदै आगामी दिनहरूमा अग्रजहरू तथा लायन्स लिडरहरूको  सल्लाह र सुझाव सहित कार्ययोजना बनाइ सेवामा लाग्ने बताए  । उनले आफुलाई प्राप्त भएको मतले थप जिम्मेवारी  थपिएको बोध भएको बताउदै उनले आगामी दिनमा लायन्स मित्रहरूले दिएको  जिम्मेवारी पुरा गर्न  निष्पक्ष ढंगले अगाडि बढ्ने बताए  ।

उनले कोरोना महामारीमा पनि लायन्सले सकेको सेवाको कार्य गर्दै आएको जानकारी गराउदै आगमी दिनमा पनि जहाँ आवश्यकता त्यहा लायन्स भन्ने सेवाको मूल मन्त्रलाइ अंगाल्दै संस्थाागत तथा  व्यक्तिगत रूपमा जसलाई आवश्यकता हो  उनीहरूको  सेवामा समर्पित हुने प्रतिबद्दता जनाएका छन  । उनले  डिस्ट्रिकले सुरु गरेको लायन्स फुड बैंक, १० युनिट हजारभन्दा बढि रगत संकलन र कीर्तिपुरमा सञ्चालन गरिएको  स्किन बैंकमा सहयोग निरन्तरता दिने पनि बताए। सबै लायन लिडरहरूको  सामुहिक नेतृत्वमा मिलेर काम गर्नेसमेत प्रतिबद्धता ब्यक्त गरेका छन   ।

त्यसै गरि फर्स्ट भाइस डिस्ट्रिक गभर्नर पदमा बिजयी लायन रेवत बहादुर कार्कीले सामुहिक भावनाले  सेवाको कार्य गर्दै डिस्ट्रिक गभर्नरले ल्याएका योजनाहरुलाई कार्यन्वयन गराउन सहयोगी भूमिका खेल्ने बताए। उनले विषम परिस्थितिमा पनि भोट गर्ने सबै लायन्स मित्र शुभचिन्तकहरुलाई धन्यवाद दिदै आगामी दिनमा संगै मिलेर सेवाको कार्य अघि लाने बताए ।त्यसैगरि, सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा विजयी लायन कर्म गुरुङ्गले सम्पूर्ण लायन्स साथीहरूलाई आठौं महाधिवेशन सफल बनाउन सहयोग गरि विजय गराउने लायन लिडरप्रति धन्यबाद व्यक्त गरेका छन ।उनले आफु सामाजिक सेवामा तल्लीन व्यक्ति भएकाले लायनवादमा लागेको बताउने उनले आफुलाई सेकेण्ड भाइस डिस्ट्रीक गभर्नर पदमा निर्वाचित गराएर थप भारी बोकाइएको छ ,त्यो भारीलाइ गन्तब्यमा पुर्याउनको लागि आफु क्रियाशील भएर लाग्ने बताए ।उनले सो काममा सबैको सहयोग आवश्यक भएको पनि बताए।

 

 

 उनले आफु सामुहिक नेतृत्वमा विश्वास गर्ने भएकाले सम्पूर्ण लायन्स मित्रहरूको  सहयगमा अघिल्लो  वर्ष पनि ३२५ ए१  डिष्ट्रिक्ट विश्वकै उत्कृष्टमा पर्न सफल भएको  थियो  भने यसपटक पनि हामीले कोरोना महामारी को बेलामा थप  जिम्मेवार भएर काम गर्नु पर्ने बेला आएको र सोहि अनुरुप सबै जना एक भएर सेवाको कार्यमा लाग्ने  बताए ।वर्तमान डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन) ले निर्वाचित सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना दिँदै आगामी दिनमा निर्वाचित सबै लायन लिडरहरूसँग सहकार्य गर्दै सिकेका अनुभव साटासाट गर्ने बताए ।

यो बर्ष डिस्टृक्ट ३२५ ए १  ले ३३७९ वटा सर्भिस कार्यक्रम बाट ८ लाख भन्दा बढी सुबिधा बन्चित मानिस लाई सेवा पुर्याएर ऐतिहासिक रेकर्ड कायम गरेको छ ।साथै विश्वभर फैलिएको  कोरोना  भाइरसका कारण यस वर्ष इलेक्ट्रोनिक मतदान गरिएको ग्लोबल सर्भिस टिम (जिएसटी) डिस्ट्रिक को-अर्डिनेटर तथा लायन्स क्लब काठमाडौं राइजिङ्ग सनका पूर्वअध्यक्ष लायन रमेश लामाले जानकारी गराएका छन ।

विश्वमा करिब १४ लाख लायन्सका स्वयमसेवक सदस्यहरू कार्यरत छन् भने नेपालमा मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गतका चारवटा डिष्ट्रिक्टमा ३४ हजार भन्दा बढी लायन्स सदस्यहरु रहेका छन् ।कार्यक्रममा लायन्स क्लबमा रहेका काम गर्नुहुने विभिन्न अग्रज व्यक्तित्वहरुले आ-आफ्ना धारणा राखेका थिए ।त्यसैगरि लियोतर्फ लियो क्लब अफ मकालुका समृन गौतम लियो डिस्ट्रिक्त प्रेसिडेन्ट निर्वाचित भएका छन् भने भाइस प्रेसिडेन्टमा लियो क्लब विराटनगर मोरङका मुकेश पौडेल  निर्वाचित भएका छन् ।

तपाइँको प्रतिक्रिया ।