गोकर्णेश्वरका कोरोना संक्रमितको सम्पर्कमा आएका ७ जनाको RDT पोजिटिभ

गोकर्णेश्वरका कोरोना संक्रमितको सम्पर्कमा आएका ७ जनाको RDT पोजिटिभ

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ११।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा कोरोना देखिएका संक्रमित व्यक्तिको सम्पर्कमा आएका १५७ जनाको RDT परिक्षण गर्दा ७  जनाको रिपोर्ट पोजिटिभ आएको छ।

उक्त संक्रमित व्यक्ति को सम्पर्कमा रहेका हरुको कन्ट्याक्ट ट्रेसिंग गरि परिक्षण गरिएको थियो। कोरोना संक्रमण देखिए संगै उक्त क्षेत्रको ५ सय मिटर वरपर सिल गरेर तथ्यांक संकलन गरि परिक्षण गरिएको हो।

RDT पोजिटिभ आएका ७ जना सहित अन्य संकास्पद  १८ जना गरि २५ जनाको पिसिआर जाच गर्न  स्वाब परिक्षणका लागि पठाईएको छ।  गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा भेटिएका अर्का संक्रमितको क्षेत्रमा कन्ट्याक्ट ट्रेसिंगको काम भैरहेको पनि नगरपालिकाको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ । अहिले सम्म गोकर्णेश्वर  नगरपालिकामा  दुई  जना संक्रमित भेटिएका छन्।फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।