बुढानिलकण्ठ -१२ तेन्जिङ चोककी कोरोना संक्रमितको सम्पर्कमा आएका ८ जनाको PCR नेगेटिभ

बुढानिलकण्ठ -१२ तेन्जिङ चोककी कोरोना संक्रमितको सम्पर्कमा आएका ८ जनाको PCR नेगेटिभ

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ११।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोकमा १८ वर्षीया एक युवतीमा कोरोना संक्रमण देखिए संगै उनको सम्पर्कमा आएका ८ जनाको PCR रिपोर्ट नेगेटिभ आएको छ।

रास्ट्रिय प्रयोगशाला टेकुमा परिक्षण पश्चात ति युवती संगै सर्लाही रामनगर -४ बाट आएका र काठमाडौंमा उनको सम्पर्कमा रहेका ८ जनाको  PCR नतिजा नेगेटिभ आएको हो।

बुढानिलकण्ठ नगरपालिकामा पहिलो कोरोना संक्रमण भए संगै त्रसित बनेको तेन्जिङ चोक क्षेत्रमा पुगेर नेगेटिभ नतिजाको रिपोर्ट स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले हस्तान्तरण गरेका थिए । ग्राउन्ड जिरोमा पुगेर रिपोर्ट हस्तान्तरण गर्दै प्रमुख दाहालले सो क्षेत्र सुरक्षित रहेको जानकारी दिदै सचेत रहन र कुनै पनि लापरबाही नगर्न आग्रह गरेका छन ।

त्यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले नगरपालिकामा RDT र PCR परिक्षण जारि रहेको बताउदै जोखिम क्षेत्र र अग्रमोर्चाको परिक्षण पश्चात अन्य क्षेत्रमा पनि निरन्तरता दिने बताएका छन।साथै पछिल्लो चरणमा PCR गरिएकाको रिपोर्ट भोलि आउने सम्भावना रहेको बताउदै प्रमुख दाहालले सहयोगका आगी सबैलाई धन्यवाद दिएका छन।

उक्त रिपोर्ट हस्तान्तरणमा नागर कार्यपालिका सदस्य शान्ता ढकाल ,वडा नं १२ का सदस्य पुरुषोत्तम नेपाल ,प्रहरी प्रभाग कपनका प्रमख प्रहरी निरीक्षक शेखर जंग मल्ल लगायतको उपस्थिति रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।