पाँचपोखरी थाङपाल गाउँपालिकाको कोषमा नेकपा ६ नम्बर वडा कमिटिको सहयोग

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ११।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं  ६  कमिटिको सक्रियतामागाउँपालिकाद्वारा स्थापित प्रकोप ब्यबस्थापन कोषमा रु ५० हजार १ सय हस्तान्तरण गरिएको छ ।

उक्त सहयोग ग्रहण गर्दै  गाउँपालिका अध्यक्ष  टासी लामाले कसैलाई सहयोगको आवह्वाननगर्दा पनि  कोषमा विभिन्न ब्यक्ती तथा संस्थाहरुबाट सहयोग प्राप्त भएकोमा खुसि व्यक्त गरेका थिए ।

साथै उक्त हस्तान्तरण कार्यक्रममा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सहयोग रकमको पुर्ण सदुपयोग गरिने र समय समयमा पालिकाको वेबसाईट मार्फत खर्च सार्बजनिक गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए  ।

उक्त सहयोग रकमको चेक हस्तान्तरण वडा कमिटीका अध्यक्ष नारायण भट्टराई र सचिब दिल बहादुर वाईबाले हस्तान्तरण गरेको  नेकपा जिल्ला कमिटी सदस्य एबम पालिका कमिटी सह ईन्चार्ज निर्मल बन्जाराले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।