अनलाइन पढ्न आएकी युवतीका कारण अघोसित “सिल”मा कपन क्षेत्र

अनलाइन पढ्न आएकी युवतीका कारण अघोसित “सिल”मा कपन क्षेत्र

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ८।

गत बैशाख ३० गते राति सर्लाही जिल्ला बाट काठमाडौं आएकी बुढानिलकण्ठ नगरपालिका वडा नम १२ तेन्जिंग चोककी एक १८ वर्षीय युवतीमा कोरोना देखिए संगै कपन क्षेत्र अघोसित “सिल ” मा रहेको छ।

बुढानिलकण्ठ नगरपालिकामा पहिलो कोरोना संक्रमित देखिए संगै कपन क्षेत्रका वडा नं १०,११ र १२ ले  हिडडुल र अन्य गतिविधिमा पूर्ण बन्देज लगाए संगै सो क्षेत्र अहिले पूर्ण बन्दको अवस्थामा रहेको छ।

त्यस्तै सो बैठकले वडा नं १० का मिलनचोक तरकारी बजार ,ह्यान्डवल मैदान ,बलुवाखानी चोक रुद्रमती चोक /भण्डारी गार्मेन्ट क्षेत्र र वडा नं १२ का आदर्शनगर ,राधा कृष्ण टोल र खरिबोट क्षेत्रमा व्यवसाय गर्न पनि रोक लगाएको छ।

बैशाख ३१ गते बुढानिलकण्ठ नगरपालिका वडा नम १२ का जनप्रतिनिधिले ति युवती र उनको परिवार आएको सुचना प्राप्त गरे संगै परिक्षणका लागि टेकु पठाएका थिए।

लकडाउन भन्दा अगाडी सर्लाही  रामनगर -४ घर गएकी युवती कलेजले अनलाइन पढाउने भनेर  खबर गरेपछी जोखिम मोलेर काठमाडौं आएकी थिइन्।सर्लाही देखि मोटर साइकलमा उनि संगै आएका र काठमाडौंमा सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव संकलन पश्चात परिक्षण पठाईएको छ भने तेन्जिंग चोक क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ।

अनि कलेजले अनलाइन पढाउने खबर संगै आएकी ति युवती अहिले अस्पतालमा  कोरोना संग लडिरहेकी छन।जेष्ठ ५ गते गरेको उक्त निर्णय पश्चात अहिले सम्म सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने RDT र PCR परिक्षणको दायरा पनि बढाईएको छ।

 

तपाइँको प्रतिक्रिया ।