कागेश्वरी मनोहरा नगरपालिकामा जेठ ५ गते परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

कागेश्वरी मनोहरा नगरपालिकामा जेठ ५ गते परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

कपन अनलाइन

काठमाडौं जेठ ८।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ आलापोट स्वाथ्य केन्द्र र वडा नं ६ स्थित मुलपानी वडा नं ६ मा रहेको मुलपानीमा गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ।  जेठ ५ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ आलापोट स्वाथ्य केन्द्र र वडा नं ६ स्थित मुलपानी वडा नं ६ मा रहेको मुलपानी स्थित नगर अस्पतालमा ४३८ जनाको  आर डी टि र पिसि आर गरिएकाहरु सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले जानकारी गराए।

 सो दिन नगरपालिकाले अग्र मोर्चामा खटिने स्वास्थ्य कर्मी, फोहोर मैलामा काम गर्ने, नगर प्रहरी, प्रहरी,  स्वास्थ्य स्वयम् सेविका लगायतका  PCR १६९ र RDT  २६९  जना गरी जम्मा ४३८ जनामा परिक्षण गरिएको थियो ।जसमा २३ जनाको आर डीटि रिपोर्ट पोजेटिभ आए संगै उनीहरुलाई नगरपालिकको क्वारेन्टाइनमा राखिएको थियो र उनीहरुको पिसीआर को लागि स्वाबको नमुना  संकलन गरि परिक्षणको लागि पठाइएकोमा आज सबैको नतिजा नेगेटिभ आएको प्रवक्ता पुडासैनीले जानकारी गराए ।उनले सहयोगको लागि सबैलाई धन्यवाद समेत दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।