महानगरीय प्रहरी प्रभाग गोकर्णलाइ एन टि ए अध्यक्ष अशोक खड्का द्वारा मास्क सहयोग

महानगरीय प्रहरी प्रभाग गोकर्णलाइ एन टि ए अध्यक्ष अशोक खड्का द्वारा मास्क सहयोग

कपन अनलाइन

काठमाडौं जेठ ८ ।कोरोना भाइरस (कोभिड १९) का कारण खाद्यान्नको समस्या भोगिरहेका ब्यक्तिहरुलाई खाद्यान्न सहयोग गर्दै आइरहेको नेप्लिज तेक्वान्डो एकेडेमी (एनटीए) का अध्यक्ष समेत रहेका अशोक खड्काले आफ्नो व्यक्तिगत खर्चमा  आज गोकर्णेश्वर नगरपालिका ४ स्थित महानगरीय प्रहरी प्रभाग गोकर्णमा कार्यरत प्रहरीहरुको लागि मास्क सहयोग गरेका  छन  ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सामग्री अन्तर्गत KN95 मास्क ८ थान र नर्मल मास्क २५ थान सहयोग गरेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्ष अशोक खड्काले बताए। उक्त सामग्री उनले महानगरीय प्रहरी प्रभाग गोकर्ण कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक  बासुदेब थापालाइ  आज हस्तान्तरण गरेका हुन् ।

अशोक खड्काका अनुसार अहिलेको अबस्थामा प्रहरीले रातदिन नभनेर डिउटीमा खटिनुपर्ने र कतिबेला भाइरसले संक्रमण हुन्छ थाहा नहुने भएकाले प्रहरीलाई जोखीमबाट बच्नका सानो भए पनि मास्क सहयोग गरेको बताए । उनेल लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउँन खटिएको प्रहरीलाई मास्क सहयोग गरेका हुन्  ।

उनले रात दिन नभनी ड्युटीमा खटिएका सुरक्षाकर्मिहरुको मनोबल बढाउन सहयोग पनि  गरेको बताए । उनले नपुग माक्स लगायत को सामग्री आगमी दिनमा पनि सहयोग गर्ने बताए  सामग्री ग्रहण गर्दै महानगरीय प्रहरी प्रभाग मुलपानी कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक  बासुदेब थापाले  सहयोगको लागि धन्यवाद दिएका थिए ।साथै उनले सो मास्क सो प्रभागमा कार्यरत प्रहरीहरुलाई वितरण गरेका थिए भने केहि थान मास्क स्वयं सेवकको रुपमा खटिएका स्थानीयलाइ समेत वितरण गरेका थिए।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।