भोज देखि भट्टी सम्म पुगेका थिए गोकर्णेश्वरका कोरोना संक्रमित ,१०५ जनाको “कन्ट्याक्ट ट्रेसिंग”

भोज देखि भट्टी सम्म पुगेका थिए गोकर्णेश्वरका कोरोना संक्रमित ,१०५ जनाको “कन्ट्याक्ट ट्रेसिंग”

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ८।

पहिलो पटक नगरपालिका क्षेत्रमा कोरोना संक्रमित भेटिए संगै गोकर्णेश्वर नगरपालिकाले संक्रमित क्षेत्र र त्यसको ५०० मिटर वरपर सिल गरि संक्रमितलाइ प्रत्यक्ष भेटेकाहरुको “कन्ट्याक्ट ट्रेसिंग” सुरु गरेको छ ।

नगरपालिकाको ४ नम्बर वडामा पर्ने किसिगाल क्षेत्रमा आज १०५ जनाको ट्रेसिंग गरिएको हो ।  यस अघि नै हिजो जेठ ७ गते संक्रमितको परिवारका सदस्यहरुको पिसिआर परिक्षणको लागी नेपाल मेडिकल कलेजमा स्वाब संकलन गरेर केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाई सकिएको छ ।

जसमा डेढ बर्षिया बालिका देखि ६० बर्षिय बृद्वा समेत रहेका छन् । प्रत्यक्ष सम्पर्कमा आउनेहरुको भोलि पनि “कन्ट्याक्ट ट्रेसिंग” गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सबै ट्रेसिंग सकिएपछी आइतबार RDT परिक्षण गरिने छ ।  गोकर्णेश्वर नगरपालिकामा भैरहवाबाट बिदामा घर आएका ५५ बर्षिय पुरुषमा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो।

ति पुरुष भैरहवा बाट अन्य ६ जना सहित काठमाडौं आएर त्यहाँ रहेका विभिन्न क्षेत्रमा डुलेको पाइए संगै सो क्षेत्र त्रसित बनेको छ । उक्त पुरुष मान्छेको मृत्यु भएको स्थानमा भेट्न जानुका साथै वडाका विभिन्न स्थानीय मदिरा पसलमा समेत गएको खुलेपछी उनको सम्पर्कमा आएका व्यक्तिहरुको ट्रेसिंग गरिएको हो।

हाल पाटन अस्पतालमा रहेका  उनले काठमाडौं आए पश्चात पाहुना बोलाएर भोज  गर्नुका साथै जनप्रतिनिधिहरुलाई पनि भेट गरेका उनि संगै  आएका एक व्यक्ति बुढानिलकण्ठ र अन्य कोटेश्वर क्षेत्रमा रहेको बताइएको छ।

त्यस्तै उक्त क्षेत्रमा पसल समेत संचालन गरेका उनले अन्य विभिन्न सामुहिक भेटघाटमा सहभागिता जनाएको जानकारी संगै नगरपालिकाले “कन्ट्याक्ट ट्रेसिंग” र परिक्षणलाई तीव्रता दिएको छ।फोटो :सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।