कागेश्वरी मनोहरा नगरपालिका मुलपानी स्थित गाइ फार्ममा आगलागी

कागेश्वरी  मनोहरा नगरपालिका मुलपानी स्थित गाइ फार्ममा आगलागी

कपन अनलाइन

काठमाडौं जेठ ८। कागेश्वरी मनोहरा नगरपालिका वडा नं  ६ र ७  को सिमाना मुलपानी स्थित लक्ष्मी नारायण चोक नजिकैको गाइ फार्ममा आगलागी भएको छ ।काभ्रे जिल्ला स्थायी घर भएका हरि कुमार ढकालको  गाई फार्ममा आगलागी भएको हो । बुधबार राति ९ बजे  गाई फर्ममा एक्कासी आगो लागेको थियो । भक्तपुर नगरपालिका, कागेश्वरी नगरपालिका, नेपाली सेनाको दमकल को सहायताले नगरप्रहरी र स्थानीयको सक्रियतामा  सहयोगमा राति ११ बजे आगो  नियन्त्रणमा ल्याएको  कागेश्वरी मनोहरा  नगरपालिका वडा नं ६ का अध्यक्ष प्रकाश फुयालले जानकारी दिएका छन्।


आगलागीबाट ढकालका चारवटा गाई मरेका छन् भने  एउटा गाई आगोको कारण घाइते भएको छ  आगलागि बाट ढकालको गाई फर्म पूर्णरूपमा  जलेर नष्ट भएको  छ भने आगलागीबाट जलेर मरेका गाईलाई नगरपालिकाको  सहयोगमा  खाल्डो  खनेर पुरिएको  फुयालले बताए। आगलागीबाट ढकालको  १० लाख बराबरको  क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागी के कारणले भयो  भन्ने बारे यकिन हुन सकेको छैन  ।

फोटो :अशोक खड्का

तपाइँको प्रतिक्रिया ।