पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सहयोगमा पारा तेक्वान्दो खेलाडीलाई एनटीएको राहत

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सहयोगमा पारा तेक्वान्दो खेलाडीलाई एनटीएको राहत

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ७ ।

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनका कारण समस्यामा परेका पारा तेक्वान्दो खेलाडीलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बुधबार खाद्यान्न उपलब्ध गराएको छ । ५ राष्ट्रिय सहित ७ पारा तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराइएको हो ।
एनटीएका अध्यक्ष अशोक खड्काले प्रत्येक खेलाडीलाई १ हजार ८ सय रुपैयाँ बराबरको राहत उपलब्ध गराएको जानकारी दिए । खेलाडीका लागि नेपाली सेनाका कर्णेल सुमन खड्काका पिता नेत्रबहादुर र माता सानुमैया तथा तेक्वान्दो प्रशिक्षक एसएस जोशीले सहयोग गरेको खेड्काले बताए । खेलाडीको सुविधालाई ध्यानमा राख्दै एनटीएले खेलाडी बस्ने ठाउँमै पुगेर राहत उपलब्ध गराएको थियो । यो कार्यमा राम अधिकारी खटिएका थिए ।
त्यस्तै एनटीएले समस्यामा परेका आफ्नै खेलाडीका ९ परिवारलाई पनि बुधबारै राहत वितरण गरेको थियो  । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सहयोगमा खेलाडीलाई राहत वितरण गरिएको हो । पूर्व प्रधानमन्त्री नेपालले समस्यामा परेका परिवारलाई वितरण गर्नका लागि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा मार्फत एनटीएलाई केहि परिवारका लागि राहत स्वरुप खाद्यान्न उपलब्ध गराएका थिए । त्यसैबाट खेलाडीलाई राहत प्रदान गरिएको बताउदै  खड्काले यसअघि एनटीएले समस्यामा परेका करिब २ सय ५० परिवारलाई राहत वितरण गरिसकेको जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।