टोखा नगरपालिकामा अग्रमोर्चामा सक्रिय करिव १५ सयको कोरोना परिक्षण हुने

टोखा नगरपालिकामा अग्रमोर्चामा सक्रिय करिव १५ सयको कोरोना परिक्षण हुने

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ७।

टोखा नगरपालिकाले अग्रमोर्चामा रहेका विभिन्न व्यक्तिहरुको  कोरोना परिक्षण शुरु गरेको छ।

नगरपालिकाले  जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारी,तरकारी तथा होलसेल पसलेहरु, काठमाडौं बाहिरबाट नगरपालिकामा आएका व्यक्तिहरु, क्वारेन्टाइनमा बसेकाहरु,राहत वितरणमा सक्रिय रहेका स्वयंसेवक लगायतको परिक्षण गरिने नगर प्रमुख प्रकास अधिकारीले जानकारी दिएका छन।

उच्च जोखिममा रहेका अग्रमोर्चाका व्यक्तिहरुको PCR र RDT परिक्षण  नगरपालिकाको कान्तिपुर पब्लिक स्कुल ,गोंगबु ,हेराल्ड कलेज ,श्री समाज वडा नं ५ र प्राथमिक स्वास्थ्य केन्द्र टोखामा गरिने नगरपालिकाले जानकरी दिएको छ।

टोखा नगरपालिकामा उक्त परिक्षण जेष्ठ ७ र ८ गते सम्म सम्पन गर्ने बताउदै नगर प्रमुख अधिकारीले नगरपालिकाको वडा नं ९ पूर्ण सुरक्षित रहेको जानकारी दिदै करिव  १ हजार ५ सय व्यक्तिको परिक्षण गर्ने तयारी गरिएको बताएका छन।

यस अघि  टोखा नगरपालिका वडा नं. ९ मा २४ जनाको कोरोना परिक्षण गरिएको सबैको PCR रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाइँको प्रतिक्रिया ।