सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका ४७२ जनाको कोरोना परिक्षण

सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका ४७२ जनाको कोरोना परिक्षण

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ७ ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल स्यानिटरी ल्याण्डफिल साइटबाट फोहोर प्रभावित क्षेत्रका ४७२ जना स्थानीयको  कोरोना परीक्षण गरिएको छ ।

काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण गराएको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिएका छन।

महानगरका स्वास्थ्य सहायक ऋषि भुषालकाअनुसार ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीबाट ३२० जना र भवानी मा. वि. बाट १५२ जना गरी ४७२ जनाको परीक्षण गरिएको हो । यसमध्ये स्वास्थ्य चौकीमा १४० जनाको आरडिटि र ५० जनाको पिसिआरबिधि र भवानी मा. वि. बाट १८० जनाको आरडिटि र १०२ जनाको पिसिआर बिधिबाट परीक्षण गराइएको थियो।

हामीले फोहोरको अन्तिम व्यवस्थापन हुने सिसडोलको सन्निकट (फोहोर प्रभावित) क्षेत्रका स्थानीयबासीको प्रतिनिधिमुलक परीक्षण गराएको  वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन।

सो परीक्षणमा नुवाकोटको ककनी गाउँपालिका वडा १, २ र ३ बाट, धादिङ्को धुनिबेँसी नगरपालिकाको वडा १ र काठमाडौंको तारकेश्वर नगरपालिका वडा ३ बाट स्थानीयहरु सहभागी रहेका थिए ।

तपाइँको प्रतिक्रिया ।