गोकर्णेश्वर नगरपालिकामा सबै जनप्रतिनिधि एबम कर्मचारीहरुको कोरोना परिक्षण

गोकर्णेश्वर नगरपालिकामा सबै जनप्रतिनिधि एबम कर्मचारीहरुको कोरोना परिक्षण

कपन अनलाइन

काठमाडौँ, जेठ ७ । गोकर्णेश्वर नगरपालिकाले सबै जनप्रतिनिधि एबम कर्मचारीहरुको  कोरोना परिक्षण गरिएको छ ।गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्रका जनप्रतिनिधि एबम कर्मचारीहरुको कोरोना भाइरस कोभिड १९को परिक्षणका लागि मंगलबार नमुना संकलन गरेको हो ।

नगरपालिकामा “फ्रन्ट लाइन” मा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मि, कर्मचारी, संचारकर्मी, स्वयमसेवक एवम् जनप्रनितिधिहरुको “कोरोना PCR Test” गरेको हो ।गोकर्णेश्वर नगरपालिका वडा नं४ स्थित गोकर्ण अस्पतालमा बिहान ११ बजे बाट शुरु भएको नमुना संकलन अपरान्ह ३ बजे सम्म जारी रहेको थियो । जसमा २०९ जनाको पिसीआर टेस्ट को लागि स्वाव  संकलन गरिएको थियो ।

नगरपालिकाको अनुसार उक्त पिसिआर टेस्ट को नतिजा बिहिबार सम्म आउने छ।त्यसै गरि मंगलबार नै गोकर्णेश्वर नगरपालिकाको शंकरापुर अस्पतालमा पनि जनप्रतिनिधि सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मि, कर्मचारी, स्वयमसेवक एवम् जनप्रनितिधिहरुको  आर डी टि  टेस्ट गरिएको थियो ।

फोटो :सरोज बस्नेत

 

 

तपाइँको प्रतिक्रिया ।