चम्पादेवी गाउँपालिकामा राहत वितरण जारी

चम्पादेवी गाउँपालिकामा राहत वितरण जारी

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ ७ /उत्तम फुयाल

चम्पादेवी गाउँपालिकाले विभिन्न वडाहरुमा राहत वितरण जारि राखेको छ।कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियनमा रहेको गाउँपालिकाले राहत संगै पहिलो चरणमा माक्र्स, साबुन,सेनिटाइजर, हेड बाँस लगाएतका सामग्री वितरण गरेको थियो।

त्यस्तै  दोस्रो चरणमा  दाल, चामल, नुन, तेल, मल लगाएतका सामग्री १,२,३,४,५ नम्बर वडाहरु वितरण गरि सकेको छ भने  अरु ६,७,८,९,१० वडामा पनि सोहि किसिमका राहत प्याकेज वितरण गर्न निरन्तर रुपमा रहने  राहत वितरण संकलन  समितिका संयोजक तथा गाउँपालिकाका   प्रवक्ता अजय लुइँटेलले जानकारी दिएका छन।

 आफू निर्वाचित भएर सफत खादाको वाचा,कसम नतोडि चम्पादेविका जनताको सदैव सेवामा  समर्पित हुने र कोही जनतालाई भोकमरी र खाना नपाइ मर्नुपर्ने अवस्था सिर्जना नगराउन आफू निरन्तर सक्रिय रहने  गाउँपालिका अध्यक्ष नबराज केसिले बताएका छन ।गाउँ पालिकामा कसैले पनि भोकै बस्नु नपर्ने भन्दै अध्यक्ष केसीले सबैले सचेत बनेर महामारी विरुद्ध लड्नु पर्ने बताएका छन।

त्यस्तै प्रमुख प्रशाशकिय अधिकृत सरोज थापाले  उक्त राहत वितरण कार्यक्रम कहाँ कसरी र के गरि वितरण भएको सहि र यथार्थ सुचना र प्रचार  सामाजिक संजालमा गर्नका लागि अनुरोध गगरेका छन।

तपाइँको प्रतिक्रिया ।