चन्द्रागिरी नगरपालिका जेष्ठ ९ गते सम्म शिल हुने

चन्द्रागिरी नगरपालिका जेष्ठ ९ गते सम्म शिल हुने

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ७।

चन्द्रागिरी नगरपालिकामा  जेष्ठ ९ गते सम्म शिल  जारि रहने नगरपालिकाले जानकारी दिएको छ।जेष्ठ ६ गते बसेको नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमणको खतरालाई ध्यानमा राख्दै नगरवासीको सुरक्षाको लागि सो निर्णय गरेको जनाएको छ।

त्यस्तै अत्यावस्यक बस्तु र बिउ बिजनहरु सामाजिक दुरी कायम गरि  सुरक्षा विधि अपनाएर जेष्ठ ९ गते देखि २० गते सम्म बिहान ५ बजे देखि १० बजे सम्म वितरण गर्ने जानकारी दिदै नगरपालिकाले कुनै पनि घरमा काठमाडौं बाहिर बाट आएर लुकिछिपी बसेको पाइएमा RDT र PCR मा लाग्ने सम्पूर्ण खर्च घरवेटीले बेहोर्नु पर्ने निर्णय पनि उक्त नगरकार्यपालिकाको बैठकले गरेको छ।

नगरपालिकाका विभिन्न स्थानमा कोरोना संक्रमण देखिए संगै नगरपालिकाले उच्च सतर्कता अपनाउदै शिल गरेको थियो।काठमाडौं प्रवेशको प्रमुख नाकामा रहेको सो नगरपालिकामा RDT र PCR परिक्षणलाई बढाइएको छ।

तपाइँको प्रतिक्रिया ।