एक व्यक्तिमा कोरोना संक्रमण देखिए संगै तारकेश्वर नगरपालिकामा उच्च सतर्कता

एक व्यक्तिमा कोरोना संक्रमण देखिए संगै तारकेश्वर नगरपालिकामा उच्च सतर्कता
कपन अनलाइनकाठमाडौं ,जेष्ठ ७।

तारकेश्वर नगरपालिका घर भएका एक जनामा कोरोना पुष्टि भएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा तारकेश्वर नगरपालिकाका उमेर नखुलेको पुरूषमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसअघि नै काठमाडाैँमा तीन जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिदै ति मध्ये   एक जना तारकेश्वर नगरपालिकाका  पुरूष रहेको  बताएका थिए ।

 

ति व्यक्ति  विराटनगर पुगेर काठमाडाैँ फर्किएका थिए ।उनि अहिले अस्पतालको सम्पर्कमा रहेका छन। कोरोना संक्रमण देखिए संगै उनको सम्पर्कमा आउनेहरुको परिक्षणका लागि सम्पर्क गरिएको जानकारी दिदै नगरपालिकाले उच्च सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।