कागेश्वरी मनोहरा नगरपालिकामा पार्टी प्यालेसलाइ क्वारेन्टाइनको रुपमा संचालन गर्ने सहमति

कागेश्वरी मनोहरा नगरपालिकामा पार्टी प्यालेसलाइ क्वारेन्टाइनको रुपमा संचालन गर्ने सहमति

कपन अनलाइन

काठमाडौं जेठ ७।  कागेश्वरी मनोहरा नगरपालिकामा रहेका पार्टी प्यालेसलाइ क्वारेन्टाइनका लागि संचालनमा ल्याइने भएको छ ।त्यी क्वारेन्टाइनका लागि संचालनमा  ल्याइएका पार्टी प्यालेस प्रयोग वापत न्युनतम भाडा दिने र त्यहा बस्नेलाई सोहि पार्टी प्यालेसले खाना नास्ता  खुवाउने सहमति भएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए।

उनका अनुसार पार्टी प्यालेसले क्वारेन्टाइनमा बस्नेलाइ दिएको खाना, नास्ताको भुक्तानी नगरपालिकाले व्यहोर्ने गरि सहमति भएको पनि बताए। कोरोना संक्रमित थपिए संगै व्यवस्थापनमा चुनौती थपिएकोले नगरपालिकाले पार्टी प्यालेसलाइ क्वारेन्टाइनको रुपमा संचालन गर्न लागिएको नगर प्रमुख थापाले बताए। साथै उनले कागेश्वरी मनोहरा नगरपालिका मा आर डी टि टेस्ट पोजेटिभ आएका हरुको गरिएको पी सी आर को नतिजा आइ नसकेको पनि जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।