सरकारका नाममा !

सरकारका नाममा !

कों अनलाइन

काठमाडौं ,जेष्ठ ६ /तीर्थ सुवेदी

होटल क्षेत्रमा कोरोना छेक्न सक्ने तागत छ र सबै पाहुनाहरु लाई सेवा गर्न तत्पर छौं भन्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा जानकारी गराउने भनी प्रेस बक्तब्य प्रकाशित गर्ने पहिलो संस्था हान हो।

जब कोरोनाको महामारी बढ्न सक्ने भन्दै सरकारले लकडाउन घोषणा गर्यो तब यही संस्था हामी सकिने भयौं,होटलहरुलाई क्वारेन्टाईन बनाउन पर्यो,सरकारले सहुलियत दिन पर्यो,श्रमिकलाई केही दिन नसकिने भन्दै रुवावासी र कोकोहोलो मच्चाउन पनि पहिलो नै भएको छ।
सरकारले राजपत्रमा सुचना प्रकाशित गर्दै लकडाउन अवधिलाई सार्वजनिक बिदा कायम गर्न र श्रमिकलाई तलब भत्ता खुवाउन पनि भनेको छ र ब्यबसायीका समस्या तथा मागहरुलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने भन्दै ब्यबसायीहरुलाई ढुक्क हुन अनुरोध गरेको छ।
तर ऐन नियम तथा राजपत्रमा प्रकाशित सुचना लाई बेवास्ता गर्दै श्रमिक मारा सुचनाहरु सामाजिक सञ्जाल तथा मिडिया मार्फत प्रकाशित गर्ने पहिल‍ो संस्था पनि हान नै भएको छ।
लकडाउन अवधिमा सबै श्रमिकहरु घरघरमा थुनिएका बेला मौकामा चौका हान्ने जसरी भिन्न भिन्न होटलहरुमा बैठक गरि यसरी एकपछि अर्को रुपमा आफु अनुकुलका निर्णय गर्दै सरकारी निर्णयको धज्जी उडाउंदै निर्णयमा ह्याट्रिक गर्ने हान भन्ने संस्थालाई राजपत्रमा प्रकाशित सुचना कार्यान्वयन गराउन नसकिने भए गोरखा दक्षिण बाहु दिन सिफारिश गरियोस् सरकार !

मन्थली १ रामेछाप

तपाइँको प्रतिक्रिया ।