संयुक्त क्लव काठमाडौं -१५ द्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

संयुक्त क्लव काठमाडौं -१५ द्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ६ ।

काठमाडौं महानगरपालिका वडा नं १५ मा रहेको संयुक्त क्लवले विपन्न तथा दैनिक मजदुरी गर्ने परिवारलाई खाद्यान्न वितरण गरेको छ ।विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को समयमा धिमेल्वह टोलका दैनिकी गुजारा गर्न कठिन  भएका परिवारलाई राहत वितरण गरेको क्लवले जानकारी दिएको छ ।

सो अवसरमा क्लवका कार्यबाहक  अध्यक्ष दिपकमुनि बज्राचार्य, महासचिव निरज श्रेष्ठ, काेषाध्यक्ष बिश्वमोहन राजभण्डारी ,सदस्यहरु सानु राजा श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, स्थानीय सुनिज श्रेष्ठ, निकेश श्रेष्ठ, अनुज श्रेष्ठ, उद्वव प्रसाद घिमिरे लगायतको  उपस्थिति रहेको थियोे ।

तपाइँको प्रतिक्रिया ।