नेपाल मेडिकल कलेज आत्तरखेलमा एक सुत्केरी महिलाको RDT पोजेटिभ

नेपाल मेडिकल कलेज आत्तरखेलमा एक सुत्केरी महिलाको RDT पोजेटिभ

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ६।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपाल मेडिकल कलेज आत्तरखेलमा सुत्केरी महिलामा RDT पोजेटिभ देखिएको छ।चाबहिल निवासी ति गर्भवती महिला जेष्ठ ३ गते उक्त अस्पताल भर्ना भएकी थिइन् भने ४ गते उनको डेलिभरी भएको थियो।

जेष्ठ ५ गते गरिएको परिक्षणमा RDT पोजिटिभ आए संगै अस्पतालको प्रसुती सेवा विभागमा  रहेका डाक्टर ,नर्स र सहयोगीहरु ३० जनालाई अस्पतालको क्वारेन्टाइनमा राखिएको  नेपाल मेडिकल आधिकारिक ट्रेड युनियनका अध्यक्ष तथा Rapid Rescue Team का  किरण केसीले जानकारी दिएका छन।ति महिलाको PCR परिक्षणका लागि पठाईएको  र उनको सम्पर्कमा रहेकाहरुको पनि परिक्षण गरिने उनले बताएका छन।

तपाइँको प्रतिक्रिया ।