पत्रकार महासंघ दोलखाको निर्णय प्रति प्रेश संगठन नेपाल र नेपाल प्रेस युनियनको आपत्ति

पत्रकार महासंघ दोलखाको निर्णय प्रति प्रेश संगठन नेपाल र  नेपाल प्रेस युनियनको आपत्ति

कपन अनलाइन

दोलखा ,जेष्ठ ५।

पत्रकार महासंघ दोलखाले विधान विपरित १ सय जना पत्रकारको सदस्यता खारेज गर्ने निर्णय गरेको नेपाल प्रेश युनियन र प्रेश संगठनले विरोध जनाएको छ ।

विधान विपरीत गठित कार्यदलको सिफारीसलाई आधार मानेर पत्रकार महासंघ जिल्ला शाखा दोलखाको सदस्यता खारेज गर्ने निर्णय प्रति जिल्लाकाले सय जना सदस्यले गम्भीर आपत्ति जनाउदै निर्णय खारेजीको माग गरेपछि नेपाल प्रेस युनियन केन्द्रिय समिति, प्रेस संगठन नेपाल बागमती प्रदेश कमिति ,प्रेस संगठन नेपाल दोलखा र नेपाल प्रेस युनिययन दोलखाले आइतबार छुट्टाछुट्टै विज्ञप्ती जारी गरी निर्णय तत्काल सच्याउन माग गरेको हो ।

प्रेस युनियनका केन्द्रिय सचिव खिला कार्की द्धारा जारी विज्ञप्तीमा विद्यान विपरीत क्रृयाशील सदस्यहरुलाई हटाउने निर्णय मान्य नहुने भन्दै तत्कालै खारेज गर्न निर्देशन दिएको छ । पत्रकार शुद्धिकरणका नाममा क्रृयाशील सदस्यहरुलाई हटाउने निर्णय युनियनलाई मान्य नहुने उल्लेख गरिएको छ । प्रेस संगठन नेपाल वागमती प्रदेशका संयोजक विश्वमणि सुवेदी द्धारा हस्ताक्षरीत विज्ञप्तीमा दोलखामा धुन्धुकारी शैलीबाट शुद्धिकरणको नाममा बजाइएको बेमौसमे बाजा बन्द गर्न अनुरोध गरेको छ ।

महासंघको विधानअनुसार जिल्ला शाखाले आफ्ना सदस्यहरुलाई हटाउने कामको अधिकार नराख्ने बागमती प्रदेश संगठनको ठहर छ । प्रेस संगठन नेपाल दोलखाका संयोजक शिवकुमार भुजेल,सह सयोजक प्रभु जिरेल,केन्द्रिय सदस्यद्धय शरद सापकोटा र दिलबहादुर केसीले सयुक्त रुपमा विज्ञप्ती जारी गरेर निर्णय फिर्ता गर्न आग्रह गरेका छन् ।

विज्ञप्तीमा शुद्धिकरणका नाममा सक्रिय पत्रकारहरुको हक हित सरक्षण हुन नपाउने गरी निर्णय गर्नु गलत भएको ठहर गरेको छ। यस्तै प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागाई द्धारा जारी विज्ञप्तीमा महासंघले गरेको निर्णय खारेज गर्न आग्रह गरेका छन् । उनले महासंघले गरेको निर्णय प्रति असहमति जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।