लकडाउनमा पनि कागेश्वरी चक्रपथ निर्माण जारी
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ५।
देशमा लक डाउनको अवस्था रहेको समयमा पनि कागेश्वरी चक्रपथ निर्माणको काम भने जारि रहेको छ।कागेश्वरी मनोहरा नगरपालिकाको डाँछी -भद्रवास -आलापोट -गागलफेदी – इन्द्रायणी क्षेत्रमा करिव ९ .५ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुचारु राखिएको छ।
उक्त चक्रपथको डाँछी -भद्रवास खण्डमा भैरहेको सडक कालोपत्रे कार्यको निरीक्षण गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले यस आर्थिक वर्ष सम्म सो क्षेत्रको करिव ५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताएका छन।
काठमाडौं उपत्यका काठ चक्रपथको जगडोल -बालुवा -नयापाटी-सुन्दरीजल – गागलफेदी सडक खण्ड र कागेश्वरी चक्रपथका लागि २०७२ शालमा योजना स्वीकृत भै २०७३ शालमा ठेक्का सम्झौता गरिएको जानकारी दिदै मन्त्रि फुयालले यसका लागि २४ करोड ९९ लाख बजेट बिनियोजन भएको बताएका छन।
काठमाडौं उपत्यका काठ चक्रपथको उक्त खण्डमा सडक ढलान र कल्भर्ट निर्माणको काम अगाडी बढिरहेको जानकारी दिदै मन्त्रि फुयालले बागमती प्रदेस सरकारले प्रकोप नियन्त्रण संग संगै विकास योजनालाई पनि प्राथमिकतामा राखेको बताएका छन।