शाहसिक पर्यटन सम्बन्धि नीति तथा खेल कार्यक्रमको स्वागत

शाहसिक पर्यटन सम्बन्धि नीति तथा खेल कार्यक्रमको स्वागत

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३।

२०७७ जेष्ठ २ गते सम्माननीय राष्ट्रपति द्वारा संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा“उच्च पर्वतीय खेलकुद तालिम केन्द्र ” स्थापना गर्ने कार्य अघि बढाउने र  निजि क्षेत्रबाट गरिएका खेलकुद पूर्वाधार निर्माणलाई प्रोत्साहन गरिने भन्ने घोषणाको पर्वतीय खेल  महासंघले   स्वागत गरेको छ।
त्सोयस्हितै   बजेट र विस्तृत योजनाको लागि नेपाल सरकार संग माग गर्दै नेपालको भूगोल, हावापानी, वातावरण र वस्तुस्थिति सुहाउदो, शाहसिक पर्यटनको पर्याय बन्न सक्ने तथा विश्वमै नेपालको खेल पहिचान बन्न सक्ने ‘माउन्टेन स्पोर्ट्स गेम’ को लागि गरेको  घोषणा कोशेढुंगा बन्ने उल्लेख गरिएको छ।

‘नेचर, एडभेन्चर र कल्चर’मा आधारित त्यस्ता खेल इभेन्टले नेपालको सस्टेनेबल स्पोर्ट्स समेत ठूलो आधार बन्ने विश्वास व्यक्त गर्दै महासंघले   निजि क्षेत्रको खेलकुदमा रहेको लगानी र संलग्नतालाई पहिलो पटक सम्बोधन गरिएकोमा खुसि व्यक्त गरेको छ।

त्यस्तै “निरोगी नेपाल निर्माण”, “सम्वृद्धिको लागि वन”, “नेपालको पानी जनताको लगानी” जस्ता अभियानले सकारात्मक संकेत गरेको उल्लेख गरिएको छ।

तपाइँको प्रतिक्रिया ।