बुढानिलकण्ठमा शान्ति सुरक्षासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम हुने
कपन अनलाइन
काठमाडौं , भाद्र २ ।
बुढानिलकण्ठमा शान्ति सुरक्षा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम हुने भएको छ। नेपाल प्रहरी र स्थानीय समुदायबीचको सहकार्यलाई बलियो बनाउन “समुदाय–प्रहरी साझेदारी : शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि” भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम आगामी २०८२ भदौ ६ गते आयोजना हुने छ। यस अन्तरक्रिया कार्यक्रममा बुढानिलकण्ठ सामुदायिक विपद व्यवस्थापन समिति र सामुदायिक प्रहरी सेवा केन्द्र, बुढानिलकण्ठको संयुक्त आयोजनामा सञ्चालन हुनेछ।
कार्यक्रममार्फत स्थानीय बासिन्दा, विद्यालय, सामाजिक संस्था र प्रहरीबीच सहकार्य र विश्वास अभिवृद्धि गर्दै समाजमा शान्ति, सुरक्षा र सहअस्तित्वलाई मजबुत पार्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
तपाइँको प्रतिक्रिया ।
