केहि मुक्तकहरु !

केहि मुक्तकहरु !

कपन अनलाइन 

काठमाडौं ,बैशाख २७ /दुर्गा अधिकारी भमरकोटे

भ्रष्टाचार कता गर्न पाइन्छ भन्दै ढुकेर बसेका छौ ?
या त अत्याचारी कालाबजारीसँगझुकेर बसेका छौ ?
भाइरसको आतंकले विश्व नै हतास भएको बेला,
जनताको घाउमा नुन छर्दै कहाँ लुकेर बसेका छौ ?१।

लक्ष्मी सरस्वती सौताहँुदाकदापिहुन्न ।
देवीदिदीबहिनीहुँदा केहीले नि छुन्न ।
गरिबीको घरमा सधैँ बाझाबाझमात्र,
यस्तै निमुखाको जीवन अब कैले रून्न ।२।

कर्मको खोजीमा अब उ सहर आउदैन ।
जब पर्छ विपत उ सहयोग पाउदैन ।
नैतिकता, मानवीय धर्म भुलेको जमात,
गधाबन्दै यिनैसँग अब मायालाउदैन ।३।

आफै ठूलो अरूलाई सानो देख्नेहरू ।
आफु पाथीअरूलाई मानो देख्नेहरू ।
थाहा छ ? मान्छेमान्छे बिच भेद हँुदैन,
अरू मौरी आफैंलाई रानो देख्नेहरू ।४।

सिमानामा रूँदै रूँदै भाइ कराकोछ ।
परिवार भेट्दिन कि ? मन डराकोछ ।
भन्छन् दुःख कष्ट झेल्दै सिमासम्मआएँ,
छिर्न दिन्नन् विपतमा देश हराकोछ ।५।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।