बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं बैशाख २७ ।कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन् नसकेको वेलामा रगत अभावको समस्यालाइ केहि हद सम्म भए पनि समाधान गर्न सहयोग पुगोस भन्ने उदेश्य सहित बुढानिलकण्ठ नगरपालिका वडा नं ११मा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।पैयाटार युवा क्लब सहितको बिभिन्न संघ सस्थाको सहयोगमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयाटार स्थित हिल टाउन प्रिस्कुलमा सुरक्षित तवरले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा पैयाटार युवा क्लब सहित श्री सत्यसाई सेवा संगठन नेपाल,श्री कपन चुनदेवी सहकारी संस्था लिमिटेड,को आयोजना तथा मधुसुदन भण्डारी स्मृति प्रतिष्ठान ,पैयाटार युनाइटेड युथ क्लब,एभर ग्रिन हेल्थ केयर सेन्टर सहआयोजक सहित स्थानीय समाजसेवीहरूको संयुक्त सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेको आयोजक संस्थाका सन्तोष भण्डारीले कपन अनलाइनलाइ जानकारी गराए।
कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी आह्वान गरिएको लकडाउनका कारण अत्यावश्यक रगत अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।उनले कोरोनाको कारण रक्तदाताहरुले स्वास्थ्यको ख्याल गरेर रक्तदान नगर्नुभएको,’ दातालाई ‘अन्य बिरामीको स्वास्थ्य र जीवन र मरणको दोसाँधमा परेका व्यक्तिलाई सहयोग गर्नका लागि भए पनि रक्तदान कार्यक्रममा सरिक हुनलाई गरेको अनुरोध लाइ स्वीकार गर्दै कार्यक्रममा उपस्थित भइ रक्तदान गरेका सबैलाई आयोजकको तर्फ बाट धन्यबाद दिएका छन ।
नेपाली काग्रेसका सहमहामन्त्री प्रकास शरण महतले उद्घाटन गरेको उक्त कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी वडा सदस्य बिमल लामा,नेपाली काग्रेस काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय सचिब बिनोद चालिसे लगायत आयोजक संस्थाका पदाधिकारीसहित स्थानीयको उपस्थिति रहेको थियो।विषम परिस्थितिमा वडा संगको समन्वयमा कोरोना संक्रमणको डर र लकडाउनको कारण मानिस घरबाट बाहिर निक्लने अवस्था नरहेको अवस्थामा रक्तदान गरेर मानिसको जीवन रक्षामा योगदान पुर्याउने कार्य सम्मानजनक रहेको बताउँदै आभार व्यक्त गरेका थिए।
विषम परिस्थितिमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले धन्यवाद दिदै अरुलाई वचाउनका लागि गरिने रक्तदान अमूल्यदान हो अर्थात दान मध्येको पनि उत्कृष्ट दान रक्तदान भएको बताए ।विश्व महामारी कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका निम्ति गरिएको लकडाउनको कारण ब्लड बैंकमा रगतको अभाव नहोस् भन्ने उदेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रम अत्यन्तै सान्दर्भिक र प्रशंसनीय रहेको भन्दै बागमती प्रदेशका प्रदेश सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठले आयोजकलाई धन्यवाद दिएका थिए।
फोटो :सरोज बस्नेत