सुत्केरी महिला संग “सुत्करी प्रमाण” खोज्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३

सुत्केरी महिला संग “सुत्करी प्रमाण” खोज्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३

कपन अनलाइन

काठमाडौं ,बैशाख २७।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा अहिले स्थानीय तहका जनप्रतिनिधिहरु सक्रिय रहेका छन। संघीय र स्थानीय सरकारले प्रकोप नियन्त्रणकालागि पहिलो मोर्चाको जिम्मेवारी वडालाई दिएको छ।

सरकारको तल्लो राजनीतिक र प्रसासनिक इकाई रहेको वडा कार्यालयहरुले यस विचमा जनतालाई सुचना दिन ,सचेतना जगाउन तथा कहिले काही चेतावनी दिनका लागि सुचना तथा बिज्ञप्ति प्रकासन गर्दै आएका छन।

केहि दिन पहिला काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नं ७ ले घर जग्गा नेवार बाहेकलाइ किनबेच नगर्नु भन्ने सुचना प्रकासित गरेर चर्चा आएको थियो भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं १ ले तास थुक नलाई फिटन अनुरोध गर्दै बिज्ञप्ति निकालेर सामाजिक संजालमा रमाइलोको खुराक बनेको थियो।

उदेस्य र परिणाम सकारात्मक भए पनि न्युनतम भाषा प्रयोगको ज्ञान कमि हुदा वडा कार्यालयले निकालेका सुचनाहरु चर्चा आइरहेका छन।यसै क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले पनि सुत्केरी संग सुत्केरी प्रमाण मागेर यो लहरमा थपिएको छ।

अव सुत्केरी हुनु भनेको आफैमा जैविक र सामाजिक प्रमाण हुने हुदा यसको आधिकारिक प्रमाण अन्य कुनै नहुने हुदा वडाले कस्तो प्रमाण खोजेको हो त्यो सुचनामा प्रस्ट नभएको एक स्थानीयको प्रश्न रहेको थियो।

बैशाख २६ गते सम्म सुत्केरी भएका महिलाका आमा तथा बच्चालाइ पौस्टिक आहार उपलव्ध गराउने घोषणा गरेको वडाले सुत्केरी प्रमाण सहित आउन् आग्रह गरेको छ।

यदि बच्चा अस्पतालमा जन्मिएको भए अस्पतालको जन्मदर्ता र घरमा हुदा पनि वडा कार्यालयमा दर्ता हुने जन्मदर्ता बाहेक सुत्केरी प्रमाण पत्र पनि हुन्छ र ? एक स्थानीयले जिज्ञाशा व्यक्त गरेका छन।

तपाइँको प्रतिक्रिया ।