टिकाभैरव-पाटन राजकुलाे पुननिर्माणका लागि सार्वजनिक छलफल

टिकाभैरव-पाटन राजकुलाे पुननिर्माणका लागि सार्वजनिक छलफल

कपन अनलाइन

ललितपुर ,बैशाख २६।

काठमाडौं उपत्यकामा  लिच्छवीकाल देखि गुठी प्रथाबाट सिंचाई ब्यबस्था मिलाईएकाे टिकाभैरव -पाटन ऐतिहाँसिक राजकुलाे पुन निर्माणका लागि सार्वजनिक बहस शुरु भएको छ।

ऐतिहासिक महत्वका स्थान र सम्पदा संरक्षण गर्ने बागमती प्रदेस सरकारको योजना अनुसार उक्र कुलो पुन निर्माण तथा सिंचाई व्यवस्थाका लागि सरोकारवाला पक्ष विच सार्वजनिक बहस गरिएको हो।

बागमती प्रदेस सरकारले उपलव्ध गराएको ४९ लाख रुपैया बाट प्रारम्भिक कार्य शुरु गर्दै संघीय र स्थानीय सरकार संगको सहकार्यमा उक्त राजकुलो पुन निर्माण गर्न योजना निर्माण तथा जनसहभागिताका लागि उक्त छलफल गरिएको थियो।

उक्त सार्वजनिक छलफल कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले लिच्छविकालमा पुर्खाले निर्माण गरेका गोदावरी नगरपालिका भित्र रहेका राजकुलो निर्माणको काम अब तीन तहको सरकार मिलेगर्नु पर्ने बताउदै  प्रदेशले सार्वजनिक ऐन बनाउँदा कुलो नमासिने गरी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यस्तै ललितपुर क्षेत्र नं १ प्रतिनिधि सभाका सांसद नवराज सिलवालले राजकुलो निर्माणका लागि कम्तीमा रु १० करोडको परियोजना अघि बढाउनुपर्ने विचार व्यक्त गरेका थिए भने  क्षेत्र नं २ प्रतिनिधि सभाका सांसद कृष्णलाल महर्जनले राजकुलो निर्माणमा सङ्घले पनि आर्थिक सहयोग गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।