“रास्ट्रवाद” (कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख २४ /मुरारी भण्डारी
पुर्व भनिएकाहरु चुके
पश्चिमाहरुको असन्तुलित छ
उत्तर दक्षिण भो कुरा नगरम
उत्तरको चिसो ठण्डा
दक्षिणको तातो चपेटा
ब्यहाल जनता यता न उता
जनता भन्छन रास्ट्रवाद
नेता भन्छ्न कुर्सिको के छ हाल
राष्ट्रियता छता-छुल्ल भयो बेहाल
पोल्छ छाती अाज भयो नि आहात
यता भन्दैनन के छ तेरो हाल
भैगो नसोध हाम्रो बेहाल
हाम्रो आत्मसम्मानमा ठेस पुर्यायौ
तिमिहरु कुर्सी पद भासमा डुब्यौ
बेकार हाम्रो आत्म सम्मानमा खेल्यौ
हाम्रो रास्ट्र राष्ट्रियतामा धावा बोल्न लगायौ
धिक्कार छ तिमिहरु कुलङ्गघार
हाम्रो छातिमा बडेमानका बुट नबजार
आउ जन हो गोरखकालि को शक्ति देखाउ
जाली झेलिको किल्किले समाउ
हो त्यही छ रास्ट्रवाद।
तपाइँको प्रतिक्रिया ।