ठेकेदारको लापरवाहीका कारण थली सडक किनारका घरहरु उच्च जोखिममा

ठेकेदारको लापरवाहीका कारण थली सडक किनारका घरहरु उच्च जोखिममा

कपन अनलाइन

काठमाडौं ,बैशाख २४।

सडक निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सानो थलीका धेरै घरहरु जोखिममा परेका छन।सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले उक्त सडकमा ढल विस्तारका लागि खाल्डो खनेर नपुरी छोडेपछि सडक क्षेयिकरण भएर किनाराका घरहरु जोखिममा परेका छन।

लकडाउनका कारण निर्माणको काम रोकिए पश्चात उक्त क्षेत्रमा ढल विस्तार अलपत्र परेको थियो।लामो समय देखि निर्माणाधीन उक्त सडक विस्तार तथा निर्माण कार्यले धेरै समस्या भोग्दै आएको छ।

नेपाल सरकारले निर्माण गरिरहेको उक्त सडकमा देखिएका समस्या र ठेकेदारको लापरवाहीले काठमाडौं क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित स्थानीय नगरपालिकाको समेत टाउको दुखाएको छ।नेपाल स्वयंले पटक पटक स्थलगत अनुगमन गर्दै काम चाडो सम्पन्न गर्नका लागि दवाव दिएका थिए तर पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउदै निर्माण कार्यमा ढिलाई गर्दै आएको छ।

पटक पटक प्रदर्शन,नाराबाजी र विरोधको माध्यम बनेको उक्त क्षेत्रको सडक निर्माणका लागि स्थलगत अध्ययन गरि यथासिघ्र काम अगाडी बढाउनु पर्ने स्थानीयहरुले माग गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।