ग्रील तथा स्टील व्यावसायिक संघ काठमाडौं पूर्वी क्षत्रीय कार्य समिति द्वारा मजदुरहरुलाई खाद्यान्न सहयोग

ग्रील तथा स्टील व्यावसायिक संघ काठमाडौं पूर्वी क्षत्रीय कार्य समिति द्वारा मजदुरहरुलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं, बैशाख २४। ग्रील तथा स्टील व्यावसायिक संघ काठमाडौं पूर्वी क्षत्रीय कार्य समिति  द्वारा मजदुर दिवसको अवसरमा  आफ्ना सदस्यहरुलाई खाद्यान्न सहयोग गरेको छ। ग्रील तथा स्टील व्यावसायिक संघ काठमाडौं पुर्बी छेत्रीय कार्य समितिले  लकडाउन (बन्दाबन्दी) को समयमा समस्यामा परेका आफ्ना सदस्य मजदरुहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको हो  ।ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालको सामाजिक उत्तरदायीत्व  अन्तर्गत ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ पुर्बी क्षेत्रीय समितिका अध्यक्ष  रोहित कुमार श्रेष्ठ सहित  कार्यसमिती टोलिले पुर्बी क्षेत्रीय समिती भित्र रहेर संचालित  ग्रील उध्योगमा कार्यरत १५० श्रमिकका परिवारलाई इकाइ समिती मार्फत  खाद्यान्न सहयोग गरेको हो।

एकातर्फ कोरोनाको डर छ भने अर्कोतर्फ दिनहुँ ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुलाई खान नपाएर भोकै मरिन्छ कि भन्ने चिन्ता।त्यहि चिन्ता र समस्यालाई केहि हद सम्म समाधान गर्ने प्रयास अनुरुप खाद्यान्न सहयोग गरेको ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ पुर्बी क्षेत्रीय समितिका अध्यक्ष  रोहित कुमार श्रेष्ठले बताए ।झण्डै ४० दिनदेखि लकडाउन हुँदा ग्रील तथा स्टिल व्यवसायमा आश्रित मजदुर  र ग्रील तथा स्टील उद्योग व्यवसायीहरु संकटमा परेको पनि  बताए ।

उद्योग व्यवसाय बन्द हुँदा त्यसमा संलग्न श्रमिकहरुको रोजगारी गुमेर ठुलो संकटमा परेको भन्दै उनले  दैनिक रुपमा ज्यालादारी गरी कमाई खाने बर्ग सबैभन्दा बढी प्रभावित भई भोकभोकै बस्नुपर्ने अवस्था श्रृजना भएको पनि बताए  । उनले  साना उद्योगीहरु स्वयं नै संकटमा पर्न थालिरहेको अवस्थामा ग्रील तथा स्टील व्यावसायिक संघ काठमाडौं पूर्वी क्षत्रीय कार्य समिति द्वारा मजदुरहरुलाई केहि भए पनि सहयोग पुगोस भनेर खाद्यान्न सहयोग गरेको बताए।

 

तपाइँको प्रतिक्रिया ।