संसद बैठक संचालन गर्ने तयारीमा बागमती प्रदेस

संसद बैठक संचालन गर्ने तयारीमा बागमती प्रदेस

कपन अनलाइन 
हेटौंडा, २१ बैशाख
बागमती प्रदेशको प्रदेस सभा बैठक संचालनको तयारी शुरु गरिएको छ।आइतबार प्रदेशको राजधानी हेटौंडा १० मा रहेको प्रदेश सभा भवनमा सभा संचालनका लागि मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहितले भवनको अवलोकन गरेका हुन्   ।

अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख  श्रेष्ठ बिच भौतिक दुरी कायम गरेर बैठक संचालन गर्ने बिषयमा छलफल भएको थियो । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गरी प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्था गरीने सभामुख श्रेष्ठले जानकारी दिएका थिए।सभामुख श्रेष्ठले जेठको पहिलो हप्तासम्म प्रदेश सभा बोलाउने तयारी भइरहेको बताएका छन।

प्रकोप नियन्त्रण सन् संगै विकास निर्माण र बजेट निर्माणको तयारी शुरु गरेको बागमती प्रदेस सरकारले नीति तथा कार्यक्रमका लागि   प्रदेश सभा आव्हान गर्न जरुरी रहेकोले संसद बोलाउने तयारीका लागि भवनको निरीक्षण गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिएका छन।

मुख्यमन्त्री पौडेल संगै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राया, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया लगायत प्रदेश सभा भवन निरीक्षणमा सहभागी रहेका थिए।

तपाइँको प्रतिक्रिया ।